शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पर्सा : वडाध्यक्षमा एमाले विजयी

मङ्गलबार, ०३ असोज २०७४, ११ : २६
मङ्गलबार, ०३ असोज २०७४

पर्सा -पटेर्वासुगौली गाउँपालिकाको वडा नं १ मा नेकपा ९एमाले०को समूह विजयी भएको छ । 
अबेर रातिदेखि शुरु भएको मतगणना बिहान सम्पन्न हुँदा वडाध्यक्षमा एमालेका अरमान मियाँ अन्सारीसहित पाँचै जना विजयी हुनुभएको छ । 

अन्सारीले आप्mना प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सुलमान मियाँ दर्जीलाई १८५ मतको अन्तरले पराजित गरेको पटेर्वासुगौली गाउँपालिकाका निर्वाचन अधिकृत रामचन्द्र शर्माले जनाकारी दिनुभयो । 

अन्सारीले ४९० र दर्जीले ३०५ मत हासिल गर्नुभएको छ । पटेर्वासुगौली गाउँपालिका वडा नं २ को मतगणना बिहान १० बजेदेखि शुरु भएको निर्वाचन अधिकृत शर्माले जानकारी दिनुभयो । 

यसैबीच वीरगञ्ज महानगपालिकाको मतगणना आज बिहान ११ः३० बजेदेखि वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा शुरु गर्ने सर्वदलीय सहमति भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

बत्तीस वटा वडा रहको महानगरपालिकाका १ र ३२, २ र ३१ गरी वडाका मत गन्ती गरिने दलबीच सहमति भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप