बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ह्याट्रिक संगीतकार राजन राजलाई ‘म्यूजिक खबर पपुलर अफ दि इयर’ सम्मान

मङ्गलबार, ०३ असोज २०७४, ११ : २३
मङ्गलबार, ०३ असोज २०७४

काठमाडौं – सुर्के थैली खै, पुर्व पस्चिम रेल तथा कुटुमा कुटु सुपारी दान जस्ता नेपाली दर्शकको मनमस्तिस्कमा बस्न सफल मात्र हैन नेपाली युट्युव च्यानलको इतिहासमै सर्वाधिका दर्शक पाउन सफल तीन गीतका संगीतकार राजनराज शिवाकोटी ‘म्यूजिक खबर पपुलर अफ दि इयर’बाट सम्मानित भएका छन् ।
आइतबार राजधानीमा ‘म्यूजिक खबर पाक्षिक’ले आफ्नो प्रथम वार्षिकोत्सवको एक कार्यक्रममा गर्दै सिवाकोटीलाई सो सम्मान दिएको हो । रक हाउस क्याफेमा आयोजित एक कार्यक्रममा यहि सम्मान गायिका देबी घर्तीलाई पनि दिइएको छ । 
कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपलकुलपति शम्भुजित बास्कोटाको वरिष्ठ लोकगायक कुमार बस्नेत र गायिका चन्द्रकला शाहलाई ‘म्यूजिक खबर स्रष्टा सम्मान’ समेत प्रदान गरे । 
कार्यक्रममा  गायक बद्री पंगेनी, पत्रिकाका निर्देशक मिलन मोक्तान, चुडामणि देवकोटा, संगीत उद्योग संघका अध्यक्ष सुर्य मगर, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समितिका अध्यक्ष पीएन सापकोटा, ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ ज्योतिप्रकाश वि.क. निर्देशक मोहन निरौला, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका वरिष्ठ उपाध्यक्ष एवं नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकाली लगायतले मन्तब्य राखेका थिए । 

कार्यक्रममा विशिष्ट अतिथीका रुपमा गीतकार संघका अध्यक्ष म्यूजिक खबर पत्रिकालाई शुभकामना दिएका थिए । 
– कार्यक्रममा प्रमुख अतिथि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजित बाँस्कोटाले म्यूजिक खबरले सम्पूर्ण संगीत क्षेत्रको प्रतिनिधित्व गर्दै मन जित्न सफल भएकोमा शुभकामना प्रदान गरे ।
– कार्यक्रमलाई स्वागत गर्दै म्यूजिक खबरका सम्पादक सविता पोखरेलले सम्पूर्ण गायक, गायिका, संगीतकार, गीतकार, संगीतकर्मीहरुको माया र सद्भावले म्यूजिक खबरले पहिलो वर्ष सफलतापूर्वक हासिल गर्न पाएकोमा खुशी प्रकट गरिन् । 
– त्यसैगरी म्यूजिक खबर पाक्षिकका सल्लाहकार एवं म्यूजिक खबर म्यूजिक अवार्डका कार्यक्रम निर्देशक शान्तिप्रियले अवार्डका माध्यमले सबैलाई सम्मान गर्दै आएको र म्यूजिक खबर पाक्षिकले सम्पूर्ण संगीतकर्मीहरुलाई एकै ठाउँमा समावेश गर्न सकेको बताए ।
– म्यूजिक खबरका अध्यक्ष सुमन वैरागीले नेपाली सांगीतिक क्षेत्र धरासयी भइरहेको अवस्थामा संगीत पत्रकारिताको आडमा रहेर पत्रकारिता गर्नु भने निकै चुनौति भएको बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप