बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

परिवार नियोजन कार्यक्रम अझै प्रभावकारी हुन सकेको छैन

मङ्गलबार, ०३ असोज २०७४, ११ : १०
मङ्गलबार, ०३ असोज २०७४

कल्पना पौडेल 

काठमाडौँ - सरकारले परिवार नियोजनसम्बन्धी कार्यक्रम सञ्चालन गरेपनि अपेक्षाकृतरुपमा प्रभावकारी भएको पाइएको छैन । 

सरकारी तथ्यांकअनुसार १५ देखि १९ वर्ष उमेर समूहका जम्मा १९ प्रतिशत विवाहित किशोरीले मात्र परिवार नियोजनको साधन प्रयोग गर्ने गरेका छन् । 

विभिन्न जिल्ला, विकटमा रहेका स्वास्थ्य संस्थामा अहिले पनि सहजरुपमा परिवार नियोजनका साधन पाइँदैनन् । पर्याप्त साधन समयमै खरिद गर्न नसक्दा परिवार नियोजनका साधनको अभाव सधँै हँुदै आएको छ भने कार्यक्रमको प्रभावकारितामा समेत असर परेको छ । 

पन्ध्रदेखि ४९ वर्षसम्मका व्यक्तिले जुनसुकै परिवार नियोजनका साधन अपनाएको दर ५० प्रतिशत रहेको र आधुनिक मात्रै प्रयोग गर्नेको ४७ प्रतिशत रहेको छ । 

कम उमेरमा विवाह गर्ने किशोरकिशोरीले परिवार नियोजनका साधन कम प्रयोग गर्ने गरेको परिवार स्वास्थ्य महाशाखाको भनाइ छ । 

सन् २०१४ को मल्टिपल इन्डिकेटर क्लस्टर सर्वे ९एमआइसीएस० को नतिजाअनुसार कम उमेरमा बिहे गरेका किशोरकिशोरीले परिवार नियोजनका साधनको प्रयोगदर निकै कम रहेको पाइएको छ । 

किशोरी अवस्थामा गर्भको कारणले हुने मातृ मृत्युदर २० वर्ष भन्दामाथिका महिलामा भन्दा दोब्बर हुने सम्भावना रहने महाशाखाको तथ्यांक छ । 

नेपालमा अझैपनि १७ जिल्लामा परिवार नियोजनको साधन प्रयोगदर ३० प्रतिशतभन्दा कम रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

नेपालमा १० देखि १८ वर्षसम्मका २५ प्रतिशत अर्थात् ६४ लाख किशोरकिशोरीमध्ये धेरैको १८ वर्षको उमेरमा पहिलोपल्ट शारीरिक सम्पर्क हुने भएपनि गर्भनिरोधक साधनको कम प्रयोग गर्ने गरेका छन् । 

परिवार स्वास्थ्य महाशाखाका निर्देशक डा नरेशप्रताप केसीले सरकारले परिवार नियोजनसम्बन्धी पाँच वर्षीय कार्ययोजना ९ २०१५—२०२०० मा सन् २०२० सम्ममा कुल प्रजनन दरलाई २।१ मा पु¥याउने र परिवार नियोजन सेवाको आधुनिक साधनको प्रयोग दर ५० प्रतिशतमा पु¥याउने लक्ष्य लिएको जानकारी दिनुभयो । अहिले प्रजनन दर २।३ रहेको छ । 

विभिन्न सर्वेक्षणअनुसार साधनको माग विशेषगरी किशोरी, प्रसूति, दुर्गम र गरिबमा बढी रहेको देखिएको छ । करिब २५ प्रतिशतले साधनको माग गरेको पाइएको भए पनि त्यसको परिपूर्ति गर्न सरकारले सकेको छैन । 

स्वास्थ्य सेवा विभाग, परिवार स्वास्थ्य महाशाखाद्वारा ‘चौथो राष्ट्रिय परिवार नियोजन दिवस’ को अवसरमा सोमबार आयोजित कार्यक्रममा स्वास्थ्य सचिव डा किरण रेग्मीले परिवार नियोजनका साधनको अभाव कम गर्न स्थानीय निकाय परिचालन भएपछि सहज हुने विश्वास व्यक्त गर्नुभयो । 

उहाँले भन्नुभयो, “स्वास्थ्यका केन्द्रीयस्तरका ठूला कार्यक्रम स्थानीय निकायमा जाँदा प्रभावकारी रुपमा सञ्चालन होला नहोला भन्ने शंका थियो, तर स्थानीय प्रतिनिधिसँगको पटकपटकको छलफलमा त्यो शंका हटेर गएको छ, अब पहिलेको भन्दा अझ प्रभावकारी रुपमा कार्यक्रम सञ्चालित हुन्छन् भन्ने विश्वास जागेको छ ।” 

उहाँले परिवार नियोजनलाई तथ्यांकबाट मात्र विश्लेषण गर्न नहुने भन्दै यसले समाजका हरेक पक्षसँग जोडिएको उल्लेख गर्नुभयो । परिवार नियोजनले गुणस्तरीय परिवार, समाज, देश निर्माण गर्ने भएकाले यसको जनचेतना फैलाई समाजका अन्धविश्वास, असमानतालाई पनि सँगसँगै कम गर्नेतर्फ काम गर्नुपर्नेमा जोड दिनुभयो । 

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा राजेन्द्र पन्तले परिवार नियोजनका साधनको पहुँच हरेक वर्ग, समुदाय र जातिसम्म पु¥याउन नसकिएकाले यसतर्फ पनि पुनरावलोकन आवश्यक भएको बताउनुभयो । 

सरकारले परिवार नियोजनको महत्व र यसबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विसं २०७१ देखि असोज २ अर्थात सेप्टेम्बर १८ तारिखका दिन परिवार नियोजन दिवस मनाउने निर्णय गरेको थियो । 

कम उमेरमा बच्चा जन्माउनु आमा र बच्चा दुवैका लागि खतरनाक हो । तर त्यसबाट जोगिन कम उमेरमै बिहे गरेका किशोरीले अपनाउनुपर्ने परिवार नियोजनका साधनप्रति भने ध्यान दिएकै छैनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप