प्रेम र डिभोर्सको विषयमा गायिका मिलनले भनिन्, ‘व्यक्तिगत जीवन नखोतल्नुस्’
काठमाडौं । गायिका मिलन अमात्य पछिल्लो समय निकै चर्चामा छिन् । केही पहिले क्यानडाको भिषा नपाएको कारणले चर्चामा छाएकी मिलन गायक दीपक लिम्बुसँगको प्रेमको कारणले फेरी चर्चामा रहिन् । सो चर्चा सेलाउन नपाउदै उनी अहिले पति मेन्सन आमात्यसँगको डिभोर्सको कारणले चर्चामा छाएकी छन् ।
सोमबार गायिका मिलन र पति मेन्सको सम्बन्ध विच्छेदको समाचार धेरै मिडियाको प्रथामिकतामा पर्यो । करीव ६ वर्षको वैवाहिक जीवनलाई अन्त्य गर्दै मिलन र मेन्सनले काठमाडौं जिल्ला अदालतमा सम्बन्ध बिच्छेद गरेको विषयले सामाजिक संजालमा समेत हल्लिखल्ली मच्चियो ।
‘केही दिन अघि नेपाल आइडलमा अतिथी कलाकारका रुपमा सहभागी मिलनले सहकर्मी गायक दीपक लिम्बुसँगको सम्बन्धको कारणले मेन्सनसँगको सम्बन्धलाई बिराम दिएकी हुन् ।’
‘मिलन र दिपक केही समययता प्रेम सम्बन्धमा रहेका छन् ।’
यी र यस्तै चर्चा अहिले सामाजिक संजालमा हुने गरेका छन् ।
मिडिया र सामाजिक सञ्जालमा भएका आफ्ना अनेक टिकाटिप्णीको विषयमा गायिका मिलनले पनि मुख खोलेकी छन् । उनले आफ्नो सामाजिक सञ्जाल
फेसबुकमा एउटा लामो स्टाटस लेख्दै आफ्नो विषयमा भइरहेको बिभिन्न टिकाटिप्पणी जायज नभएको बताएकी छिन् ।
उनले लेखेकी छिन्, ‘सम्पूर्ण शुभ चिन्तक, आफन्त मित्र अनि सञ्चारकर्मी मित्रहरु ! । अहिले मेरो बारेमा विभिन्न अनावश्यक बिषयहरु प्रकाशन हुँदै गरेको प्रति मेरो ध्यानाकर्षण भएको छ ।
म विशुद्ध नेपाली संगीतको साधना र पूजा गर्ने तपाईंहरुको प्रिय गायिका हुन हरदम प्रयासरत संगीत साधक हुँ । अहिलेको मेरो पारिवारिक र व्यक्तिगत कुराहरुको बारेमा मिडियामा प्रचार गर्न चाहन्न । मेरो व्यक्तिगत निजी कुराहरुको बारेमा मिडियामा कुरा गरेर हुने पनि केहि होइन । म पनि मान्छे नै हो, मेरो पनि आफ्नो निजी जीवन छ, परिवार छ अनि मेरो पनि मन छ र दुःख, पर्दा म पनि रुन्छु !
अहिले म आफ्नो निजी मामिलामा असहज अवस्थामा छु, मेरो बारे नकारात्मक कुराहरु लेखेर मलाई नराम्रो बनाउने कार्य नगर्न, नगराउन मेरो हार्दिक अनुरोध !’
मिलनले स्टाटसमा दीपक लिम्बुसँगको प्रेमको कुरो झुट रहेको बताउदै डिभोर्सको समाचारमा भने सत्यता रहेको खुलाएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गत निर्वाचनबारे ओलीको विश्लेषण : सहरी, युवा र प्रवासी मतदातालाई आकर्षित गर्न सकिएन
-
वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन
-
मधुमेहको लक्षण, बच्ने उपाय र उपचार
-
विश्व बैंक र आईएमएफको बैठक सकेर स्वदेश फर्किँदै अर्थमन्त्री पुन
-
प्रेमिका र फूल
-
पार्टी विरोधीले मिथ्या सूचना र भ्रामक प्रचारलाई हतियार बनाइरहेका छन् : केपी ओली