बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादीले जित्यो तेस्रो वडा

मङ्गलबार, ०३ असोज २०७४, १० : ४१
मङ्गलबार, ०३ असोज २०७४

बारा माओवादी केन्द्रले बाराको देवताल गाउँपालिका वडा नम्बर १ मा प्यानलसहित जित हात पारेको छ। 
निर्वाचन अधिकृत यामप्रसाद ढुंगानाका अनुसार वडाध्यक्षमा माओवादी उम्मेदवार पानालाल साह कलवार ४ सय ८१ मत प्राप्त गरी विजयी भएका छन् । 
यसअघि सिरहाको कर्जन्हा नगरपालिका वडा नम्बर १ को अध्यक्षमा माओवादी उम्मेदवार मोहनबहादुर खत्री ३४२ मत प्राप्त गरी विजयी भइसकेका छन्। 
यस्तै धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ११ मा पनि माओवादी उम्मेदवार सत्यनारायण कुमार दनुवार २०६ मत ल्याएर विजयी भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप