शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

चीनमा अब पाइने छैन भाडाका ‘सेक्स डल’

मङ्गलबार, ०३ असोज २०७४, १० : २८
मङ्गलबार, ०३ असोज २०७४

बीबीसी

सेक्स डल भाडामा दिने एक चीनियाँ कम्पनीले आलोचना र विवादका बिच उक्त सेवा दोस्रो दिन नै बन्द गरेको छ ।

‘टच’ नामको कम्पनीले बिहिबार बेइजिङमा पाँच प्रकारको सेक्स डल भाडामा उपलब्ध गराई नयाँ सेवा सुरु गरेको थियो तर ऊजुरी र आलोचनापछि कम्पनीले उक्त सेवा बन्द गर्ने निर्णय गर्नुपर्यो ।

चीनियाँ सोसल मिडिया वीबोमा कम्पनीले लेखेको छ, ‘सेवाको नकारात्मक प्रभावका लागि माफी माग्छौं ।’

कम्पनीले सेक्स डल ‘अश्लील’ नभएको भन्दै सेक्स मनपराउनेहरुका लागि आफूहरु सधैं काम गर्ने बताएको छ ।

समस्याः

कम्पनीले बीबीसीसँगको कुराकानीमा दुई दिनसम्म चलेको उक्त सेवामा अत्यधिक मानिसहरुले रुची देखाएका थिए ।

बीबीसीलाई पठाएको एक इमेलमा कम्पनीका एक प्रवक्ताले भने, ‘ट्रायलका लागि हामीले १० वटा सेक्स डल बनाएका थियौं । थुप्रैले सकारात्मक प्रतिक्रिया दिएका छन् ।’

कम्पनीले लेखेको छ, ‘चीनमा यसलाई चलाउन निक्कै गाह्रो छ । यसबारे पुलिससँग निकै विवाद भएको थियो ।’

चीनियाँ मिडियाका अनुसार कम्पनीले एक दिनका लागि सेक्स डल भाडामा लिन लगभग पाँच हजार रुपैयाँ लिने गर्दथे ।

स्वस्थ सेक्सः

सेक्स डल चीनियाँ, कोरियाली र रुसी महिलाजस्तै बनाएका थिए । एउटा डल त फिल्मको ‘वन्डर वुमन’ जस्तो थियो ।

कम्पनीले वीबोमाथि जसले सेवा बुक गरेका थिए उनीहरु सबैलाई दोब्बर पैसा फिर्ता दिने आश्वासन दिएको छ ।

जारी बयानमा कम्पनीले आफूहरु सुरक्षित र स्वस्थ सेक्सको वृद्धिका लागि काम गरिरहने बताएको छ ।

सेक्स डलका साथै कम्पनीले विभिन्न प्रकारका सेक्स टोय पनि बेच्दछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप