शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

दुईवटा पत्रकारिता पुरस्कार स्थापना

मङ्गलबार, ०३ असोज २०७४, १० : ०९
मङ्गलबार, ०३ असोज २०७४

बनियानी - झापाको मेचीनगरस्थित प्रेस क्लबले दुईवटा पत्रकारिता पुरस्कार स्थापना गरेको छ । 

क्लबले रु ११ हजार १११ राशिको ‘मेचीनगर पत्रकारिता पुरस्कार’ र रु पाँच हजार ५५५ राशिको ‘पत्रकारिता प्रोत्साहन पुरस्कार’ स्थापना गरेको हो । 

उक्त पुरस्कारबाट यस वर्ष पत्रकार लक्ष्मी उप्रेतीलाई मेचीनगर पत्रकारिता पुरस्कार र पत्रकार प्रतीक न्यौपानेलाई पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गरिने भएको क्लबका अध्यक्ष सन्तोष आचार्यले जानकारी दिनुभयो । 

पत्रकार उप्रेती र न्यौपानेलाई क्लबको दोस्रो अधिवेशनको अवसर पारेर असोज ६ गते पुरस्कार प्रदान गरिने अध्यक्ष आचार्यले बताउनुभयो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप