शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सप्तरीमा मतगणना शुरु, सप्तकोशीमा माओवादी केन्द्र र खडकमा काँग्रेस अगाडि

मङ्गलबार, ०३ असोज २०७४, ०९ : ५८
मङ्गलबार, ०३ असोज २०७४

राजविराज - प्रदेश नं २ को तेस्रो चरणको स्थानीय तह निर्वाचन सकिएपछि सप्तरीमा आज बिहानदेखि विभिन्न स्थानीय तहको मतगणना शुरु भएको छ । 

जिल्ला निर्वाचन कार्यालयका अनुसार विहान ९ः०० बजेसम्मको प्रारम्भिक मतगणनामा खडक नगरपालिकामा नेपाली काँग्रेस पहिलो, नेपाल लोकतान्त्रिक फोरम दोस्रो र नेकपा ९एमाले० तेस्रो स्थानमा रहेका छन् । 

काँग्रेसले ११४, नेपाल लोकतान्त्रिक फोरम ६३ र एमालेले ५७ मत प्राप्त गरेको बताइएको छ । 

यस्तै, सप्तकोशी नगरपालिकामा नेकपा ९माओवादी केन्द्र०ले १८७ मत ल्याएर पहिलो स्थानमा, नेकपा ९एमाले० पछ्याउँदै १६५ मत लिएर दोस्रो, नेपाल लोकतान्त्रिक फोरम भने १८ मत ल्याएर तेस्रो स्थानमा रहेको छ । 

यसैबीच, जिल्लाको विष्णुपुर गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका र सुरुंगा नगरपालिकामा मतगणना विहान शुरु भएको जिल्ला निर्वाचन कार्यालयका अधिकृत महेश ठाकुरले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप