बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बुद्धिमान बाँदरले यसरी ज्यान जाेगायो

मङ्गलबार, २७ असोज २०७७, ०० : ५८
मङ्गलबार, २७ असोज २०७७

Title Photo Source: https://cdn2.momjunction.com

एउटा नदीको किनारमा जङ्ल थियो । त्यो जङ्गलमा एउटा बाँदर बस्थ्यो । नदीमा गोहीका एक जोडी पनि बस्थे । एक दिनको कुरा हो । गोहीकी श्रीमतीले बाँदरको मुटु खाने इच्छा गरिन् र श्रीमान् गाहीसँग भनिन्, ‘यदि बाँदरको मुटु खान पाइनँ भने म मर्नेछु ।’ श्रीमतीको जिद्दी गोहीले एउटा बाँदरको मुटु ल्याएर खुवाउने वचन दियो ।

श्रीमतीको इच्छा पूरा गर्न भनेर नदीको पानी पिएर नदी किनारमा गायो । किनारमा बसेको बाँदरलाई फकाउँदै गोहीले भन्यो– ‘नदी वारिको फल खाएर वाक्क भयौ होला, नदी पारि अझ मीठा मीठा आँप छन्, खान चाहँदैनौँ ?’

बाँदरले भन्यो– ‘खान त चाहन्छु नि तर नदी पारि जान सकिँदैन ।’

गोहीले पनि उसलाई फकाउँदै भन्यो– ‘जाने हो भने म मेरो पिठ्युँमा राखेर पुर्‍याइदिन्छु ।’

मीठो फलफूल खान पाइने लोभमा बाँदरले गोहीको कुरामा विश्वास गर्‍यो । ऊ गोहीको ढाडमा बसेर गयो । बीच पानीमा पुगेपछि गोही रोकियो । उसले बाँदरलाई डुबाउन खोज्यो ।

बाँदरले भन्यो– ‘के तिमी मलाई मार्न खोज्दैछौ ?’

गोही– ‘हो, मेरी स्वास्नीले तिम्रो मुटु खाने इच्छा गरेकी छिन् । त्यसैले तिमीलाई मारेर तिम्रो मुटु म उसलाई खुवाउन चाहन्छु ।’

गोहीको कुरा सुनेर बाँदरको होश उड्यो । तर ऊ आत्तिएन । उसले बुद्धि खियाउँदै भन्यो– ‘तिमी पनि मूर्ख नै रहेछौ । मेरो मुटु अहिले मसँग कहाँ छ त ?’

 गोही– ‘त्यसो भए तिमीले कहाँ राखेको छौ त ?’

बाँदरले रूखमा फलिरहेको डुम्री देखाउँदै भन्यो– ‘ऊ पर डुम्रीको रूखमा झुन्डिएको देख्दैनौँ ?’

गोही– ‘देख्छु ।’

बाँदरले नआत्तिइकन भन्यो, ‘अघि नै भन्नु पर्दैन । ल मलाई नदीको किनारमा लैजाऊ । म तिमीलाई त्यो रुखमा झुन्ड्याएको मेरो मुटु झिकेर दिन्छु ।’

गोही मूर्ख बुद्धि भएको थियो । उसले साँच्चै नै बाँदरको मुटु रुखमा झुण्डिएको छ भनेर पत्यायो । उसले बाँदरलाई किनारतिर फर्काएर लग्यो । नदीको किनार आउनै लाग्दा बाँदर बुरुक्क उफ्रिएर जमिनमा गयो र हत्तनपत्त रुखमा चढ्यो ।

गोही– ‘लौ न त अब मलाई तिम्रो मुटु देऊ ।’

त्यो सुनेर बाँदरले गोहीलाई भन्यो– हे मूर्ख गोही, मैले लोभ गर्दा झन्डै ज्यान गुमाउनु पर्‍यो । धन्न तेरो बुद्धि मोटो रहेछ । मेरो कुरा पत्याइस् । कहीँ शरीरभित्र हुने मुटु पनि रुखमा झुड्याउन मिल्छ ?’

बाँदरको कुरा सुनेर गोही हिस्स पर्‍यो । ऊ पछुताउँदै नदीमा पस्यो । बाँदर पनि आपत पर्दा नआत्तिएको र बुद्धि लगाएर बच्न सकेकोमा खुसी भयो । उसले अबदेखि कहिल्यै पनि लोभ नगर्ने निश्चय पनि गर्‍यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप