शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नियोकको पर्यवेक्षणः ७६.८६ प्रतिशत मत खस्यो

सोमबार, ०२ असोज २०७४, २१ : ५८
सोमबार, ०२ असोज २०७४

काठमाडौं– राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) ले सोमवार सम्पन्न २ नम्बर प्रदेशमा ७६ दशमलव ८६ प्रतिशत मत खसेको जनाएको छ । 
नियोकले पर्यवेक्षण गरेको मतदान केन्द्रहरुमा ७६.८६ प्रतिशत मत खसेको पाइएको जनाएको छ । 

नियोकको पर्यवेक्षणअनुसार सोमवार सम्पन्न स्थानीय तहको निर्वाचनको समग्र प्रक्रिया केही छिटफुट घटनाबाहेक सामान्यतः शान्त एवम् व्यवस्थित र उत्साहपूर्ण रहेको छ । 

नयाँ संविधान जारी पश्चातको प्रथम स्थानीय निर्वाचनको तेस्रो चरणको मतदान प्रक्रियामा महिला, जेष्ठ नागरिक, अपाङ्गता भएका, अन्य विशेष आवश्यकता भएकालगायत आम मतदाताहरुको उपस्थिति उत्साहजनक रहेको पनि नियोकले जनाएको छ ।  

निर्वाचनको सम्पूर्ण अवधिभर निर्वाचन आयोगका अधिकृतहरुको कार्यसम्पादन प्रशंसनीय र प्रभावकारी रहेको तथा सुरक्षा निकायको उपस्थिति तथा कार्य ज्यादै सराहनीय देखिएको नियोकले जनाएको छ । 

नियोकाअनुसार कतिपय मतदान केन्द्रहरुमा नेपालस्थित कूटनीतिक नियोगका उच्च तहका पदाधिकारीहरुसमेतले धेरै चासो दिएर अवलोकन गरेको थियो ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप