नेपाल ग्रामीण विकास बैंकको एफपीओमा माग भन्दा बढी आवेदन
काठमाडौं – नेपाल ग्रामीण विकास बैंक लिमिटेडको प्रति शेयर रु. १०० अंकित दरका ९ लाख ७ हजार साधारण शेयरहरुको थप सार्वजनिक निष्काशन (फर्दर पब्लिक इस्यू) मिति २०७४ भदौ २७ गतेदेखि छिटोमा ३० गते तथा ढिलोमा असोज १० गतेसम्ममा सर्वसाधारणहरुमा निष्काशन तथा बिक्री खुल्ला गरेकोमा पहिलो दिन मंगलबार ३० करोड पच्चिस लाख भन्दा बढीको आवेदन परेको थियो भने, दोस्रो दिन ५२ करोड भन्दा माथिको परेको थियो ।
तेस्रो दिन ७६ करोड ३८ लाख भन्दा बढी आवेदन परेको थियो । त्यसै गरी चौथो अर्थात अन्तिम दिन १ अर्ब १५ करोड ७० लाख भन्दी बढी आवेदन गरी २ अर्ब ७४ करोड ४० लाख ११ हजार ७ सय आवेदन परेको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।
तोकिएको मितिसम्ममा माग अनुसारको आवेदन नपरेमा असोज १० गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिए पनि मागभन्दा बढी आवेदन परेपछि यही भदौ ३० गते नै एफपिओ बन्द गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ