थिप्पुमा भएको अन्तर्राष्ट्रिय ब्यापार मेलामा १ सय १२ नेपाली स्टल
थिम्पु– भूटानको राजधानी थिम्पुस्थित चाङलिङमिथाङ्ग मैदानमा बिहिवारदेखि सञ्चालन भएको ७ औं अन्तर्राष्ट्रिय व्यापार मेलामा १ सय २ वटा स्टल रहेका छन् । पाँच दिनसम्म चलेको मेला सोमवार सकिएको छ । मेलामा नेपालका तर्फबाट १ सय २ वटा स्टलहरुसहित भूटान, भारत र थाइल्याण्ड गरी चार देशका २ सय ३४ वटा विभिन्न स्टलहरु रहेका थिए ।
मेलामा ७० हजार भन्दा बढी अवलोकनकर्ताको सहभागिता रहेको भूटान उद्योग तथा बाणिज्य संघका महासचिव पूmप छिरिङ्गले बताए । मेलामा प्रदर्शन गरिएका सामाग्रीहरुले सहभागी मुलुकहरु र भूटानकै व्यवसायीहरुबीच सम्बन्ध विकास भइरहेको तथा “मेड ईन भूटान” थीममा यहाँका स्थानीय उत्पादनको राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन भएको जनाइएको छ ।
मेलामा भारतको बोडोल्याण्ड, आसामका विभिन्न हस्तकला, तयारी पोशाक तथा बालबालिकाहरुकालागि खेलौनाको स्टलहरुसमेत रहेका थिए । कृषि प्रवद्र्धनमा केन्द्रित औजार देखि इसिमोडको सहयोगमा सञ्चालित परियोजनाका उत्पादनदेखि भूटानीहरुको दैनिकीमा आवश्यक मौलिक पूजाका सामाग्रीहरुको समेत स्टल राखिएको थियो ।
मेलामा स्टल राखेका भूटान बाणिज्य संघका सदस्य तासी याङ्गखिलकाअनुसार सबैभन्दा टाढा ४ दिनको यात्रा गर्नुपर्ने टासीयाङ्गसे गाउँका पनि स्टल रहेको थियो ।
भूटानमा नेपालीे व्यापारको सम्भावना
अन्य नेपाली वस्तुको भारतीय वस्तुसंँग प्रतिस्पर्धा रहे पनि धातुकलाको वस्तुमा भने मेलाको अन्तिम दिनपनि नेपाली एकछत्र रहेको थियो । मेलामा राजपरिवारका सदस्यहरु देखि महत्वपूर्ण ओहोदाका व्यक्तित्वहरु रिम्पोच्छे देखि भूटान उद्योग बाणिज्य संघका अध्यक्ष फूप जाम स्वयंले मूर्तिकला किनेका थिए ।
बुद्ध धर्मको प्रभाव, संस्कृति र धार्मिक परम्परामा समानताका कारण भुटानमा धातुकलाका मूर्तिको माग रहेको छ । ललितपुर उद्योग बाणिज्य संघ र भूटान उद्योग तथा बाणिज्य संघबीच भगिनी सम्बन्ध स्थापना भएदेखि नेपालबाट हस्तकलालगायत विविध सामग्री आयात गर्दै आइरहको छ ।
नेपालमा निर्मित धातुकलाका मूर्ति, लत्ताकपडा, गलैंचा, दैनिक उपभोग्य सामग्रीहरू निर्यातको भुटानमा माग पनि बढ्दो रहेको बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद