बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सिरहामा यस्तो देखियो मतदानको रौनक (फोटोफिचर)

सोमबार, ०२ असोज २०७४, २० : ३०
सोमबार, ०२ असोज २०७४

सिरहा– दुई नम्बर प्रदेश अन्तर्गतको सिरहा जिल्ला पनि मधेस आन्दोलकाबेला निकै तात्यो । तर सोमवार सम्पन्न स्थानीय तहको निर्वाचन भने शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । 

जिल्लाको ८ नगरपालीका र ९ गाउँ पालीकामा रहेको तीन लाख ३२ हजार ८ सय ९५ मदतामध्ये ६५ प्रतिशत मत खसेको प्रमुख निर्वाचन अधिकृत अमृतवहादुर बस्नेतले जानकारी दिए । उनले भने, ‘सबै ठाउँको मतदान प्रक्रिया सकिसकेको र वेलुका भएकाले मतपेटिकाहरु संकलन गर्नुपर्ने भएकाले केही ठाउँको मत परिणाम आउन अझै बाँकी छ, अहिलेसम्म ६५ प्रतिशत मत खसेको आएको छ, यसमा केही बढ्न सक्छ ।’

जिल्लामा सवैभन्दा बढी भगवानपुर गाउँपालिका ३ स्थित आधारभुत विद्यालय गैरसा मतदानस्थलमा ८३.५५ प्रतिशत मत खसेको प्रमुख अधिकृत बस्नेतले जानकारी दिए । सिरहाको २ सय २१ मतदानस्थल अन्तर्गत ४ सय ३१ म्तदानस्थलमा शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको जनाएको छ । 

सवै मतदानस्थलको मतपेटिका सम्वन्धित निर्वाचन अधिकृतको कार्यालयमा ल्याइसकेपछि दलिय प्रतिनिधिसँगको छलफलपछि सोमबार नै रातीबाट मतगणणा सुरु गरिने प्रमुख बस्नेतले जानकारी दिए । जस्तो सुकै अवस्था आएपनि मंगलबार विहानबाट भने सवै मतगणणा सुरु गरिने बस्नेतले बताए ।

जिल्लाको १७ स्थानीय निकायको एक सय ६४ वडाको ४ हजार ६ सय ५५ उम्मेदवार निर्वाचनमा भिडेका छन् । जसमध्ये मेयर/प्रमुखमा २ सय ४६, उपमेयर/उपप्रमुखमा १ सय २८, वडा अध्यक्षमा ९ सय ८२,  सदस्य १ हजार ६ सय ६५, महिला सदस्यमा ८ सय १८, दलित महिला सदस्यमा ८ सय १६ जनाले उम्मेदवारी दिएका छन् ।

सोमवार जिल्ला निर्वाचन कार्यालयसँग इजाजत नलिई चलाएका २ सय ८३ सवारी साधन नियन्त्रण लिएर कारबाही गरिएको छ भने फर्जी मत खसाल्न खोज्ने एक दर्जन लाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहका प्रमुख एसपी शेखर कोइरालाले जानकारी दिए । 




















 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रामभरोसी यादव
रामभरोसी यादव

रामभरोसी यादव रातोपाटीका सिरहा संवाददाता हुन् ।

लेखकबाट थप