शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

४८ जना नक्कली मतदाता पक्राउ

सोमबार, ०२ असोज २०७४, १९ : ५६
सोमबार, ०२ असोज २०७४

काठमाडौं– दुई नम्बर प्रदेशमा सोमबार भएको स्थानीय तहको निर्वाचनका क्रममा ४८ जना पक्राउ परेका छन् । नक्कली मतदाता बनेर मत खसालेका र मत खसाल्ने प्रयास गर्दै गर्दा उनीहरुलाई पक्राउ गरिएको हो । 

नक्कली मतदाता भई मत दिन प्रयास गर्ने ३८ जना र कानुनको उल्लंघन गर्ने अन्य १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले तेस्रो चरणको सोमवार सम्पन्न भएको मतदान तथा यसअघि सम्पन्न भएका दुवै चरणका मतदान कार्यलाई सफल बनाउन सहयोग पु¥याउने नेपाल सरकार, मित्र राष्ट्र, दातृ निकाय तथा विकास साझेदार संस्था तथा अन्तर्राष्ट्रिय समुदायको सहयोग र सद्भावप्रति आयोगले धन्यवाद दिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप