शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

राजविराज नगरपालिका १५ मा असोज ५ गते निर्वाचन

सोमबार, ०२ असोज २०७४, १९ : ३८
सोमबार, ०२ असोज २०७४

काठमाडौं– दुई नम्बर प्रदेश अन्तर्गतको सप्तरीको राजविराज नगरपालिका वडा नम्बर १५ मा असोज ५ गते निर्वाचन हुने भएको छ ।

सोमवार निर्वाचन हुने तय भए पनि सो वडाका राष्ट्रिय जनता पार्टीका वडाअध्यक्षका उम्मेदवारको निधन भएकोले सोमवारको निर्वाचन स्थगित भएको निर्वाचन आयोगले जनाएको छ । 

सप्तरी जिल्लाको राजविराज नगरपालिका वडा नम्बर १५ मा भने राष्ट्रिय जनता पार्टी नेपालका तर्फबाट वडा अध्यक्षका उम्मेदवार महन्थी यादवको भदौ ३१ गते निधन भएको थियो । असोज ५ गते निर्वाचन गर्ने गरी निर्वाचन कार्यक्रम प्रकाशित भइसकेको आयोगले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप