शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

उपत्यकाव्यापी कराँते तथा किक बक्सिङ प्रतियोगिता सम्पन्न

सोमबार, ०२ असोज २०७४, १९ : ११
सोमबार, ०२ असोज २०७४

भक्तपुर – चाँगुनारायण नगरपालिका–८ सुडालमा पहिलोपटक आयोजना भएको उपत्यकाव्यापी कराँते तथा किक बक्सिङ प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा पुरुषतर्फको २५ केजी समूहमा पारस थापा प्रथम, विकास तामाङ दोस्रो र युदिन तामाङ तेस्रो भएका छन् । 

त्यस्तै २० केजी तौल समूहमा सुवास परियार, सन्देश अस्लामी, सिजन दुवाल र स्मरण सुवाल क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन् । छात्रतर्फको ४५ केजी समूहममा सजिना तामाङ प्रथम, सरिता तामाङ दोस्रो र रीमा वाइवा तथा सोनी सिंह तेस्रो भए भने ४० केजी तौल समूहमा शान्ता योञ्जन प्रथम, सवी भारी दोस्रो, डोल्मा गोले र श्वेता सिंहले तेस्रो स्थान हासिल गरेका छन् । 

यता ३५ केजीको महिलातर्फ जुनु लामा प्रथम, गंगा लोप्चन दोस्रो र सोना लामा तेस्रो भए भने ३० केजीतर्फ करिष्मा श्रेष्ठ प्रथम र स्मृति सुवाल दोस्रो भएकी छिन् । प्रतियोगिताअन्तर्गत २० केजी महिलातर्फ स्तुति गेलाल प्रथम, श्रीषा पाण्डे दोस्रो, २५ केजीतर्फ स्माइल्दा सुवाल प्रथम, सदीक्षा लोप्चन दोस्रो र जेनिशा लामा तेस्रो भइन् । पुुरुषतर्फ ६ केजी तौल समूहमा प्रवीण तामाङ प्रथम, हीरा हमाल दोस्रो र सुन्दर ब्लोन तेस्रो भएका छन् । 

प्रतियोगिताका काटातर्फ पुरुषमा विजय मोक्तान पहिलो, एरिश शर्मा दोस्रो र पाल्टेन लामा तेस्रो तथा महिलातर्फ सरिता तामाङ पहिलो, भावना राई दोस्रो र सोनु लामा तेस्रो भएको रेफ्री रामशरण त्वातीले जानकारी दिए । ६० केजी तौल समूहमा प्रथम प्रवीण तामाङ, दोस्रोमा हीरा हमाल र तेस्रोमा सुन्दर ब्लोन तथा ४५ केजी तौल समूहमा पुरुषतर्फ नै एरिश शर्मा प्रथम, प्रवीण मोक्तान दोस्रो र मदनकुमार थापा तथा मुकेश तामाङ तेस्रो भएका छन् ।
 ५० केजी तौल समूहमा सौजन मधिकर्मी प्रथम, सोनम ब्लोन लामा दोस्रो, पुजन लामा र प्रवीण ब्लोन लामा तृतीय भए भने ६० केजीभन्दा माथिको स्पर्धामा विजय तामाङ प्रथम, नवीन नापित दोस्रो र सरोज तामाङ तथा केलकुमार घलान तेस्रो भएका छन् । 

प्रतियोगिताअन्तर्गत किक बक्सिङतर्फ ऐनबहादुर थापा प्रथम, धिरज शिवभक्ति दोस्रो, ५५ केजीमा केशर तामाङ प्रथम, महिलामा पद्मा सम्भवी तामाङ प्रथम र कञ्चन राई द्वितीय भएका छन् । 

उपत्यकाव्यापी प्रतियोगितामा नगरकोट डोजो, काभ्रे साँगा डोजो, ताम्सालिङ डोजो, रेम्बोकाइ बौद्ध डोजो, काभ्रेको पुष्पाञ्जलि डोजो, ठिमीको विनायक शिक्षा डोजो, भक्तपुर नगरपालिका डोजो, भक्तपुर मेन डोजो र गणेश डोजो गरी दश डोजोका १५१ जनाको सहभागिता रहेको थियो । 

प्रतियोगितामा भक्तपुर मेन डोजो ‘ए’ टोलीले नौ स्वर्णसहित पहिलो स्थान हात पार्न सफल भयो । चार स्वर्णसहित भक्तपुर मेन डोजो ‘बी’ समूह द्वितीय भएको छ । त्यस्तै तृतीय स्थान भने भक्तपुर नगरपालिका डोजोले हात पारेको छ । खेलका उत्कृष्ट खेलाडी महिलातर्फ करुण श्रेष्ठ भइन्,भने पुरुषतर्फ मनोज तामाङ भएका छन् । उदयमान खेलाडीको उपाधि भने स्वस्तिका गेलालले हात पारेकी छिन् । 

नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले उद्घाटन गरेको प्रतियोगिताको समापनमा भने राष्ट्रिय गानका रचयिता ब्याकुल माइलाले विजयी खेलाडीलाई मेडल, ट्रफी एवं पुरस्कार प्रदान गरे ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप