विकास बैङ्कहरुलाई अवसर र चुनौती दुवै छन्

person access_timeअसार ७, २०७४ chat_bubble_outline0

केही समयअघि डेभलपमेन्ट बैङ्क बैङ्कर एसोसिएसनका अध्यक्षको जिम्मेवारी सम्हालेका भरतराज ढकाल मुक्तिनाथ विकास बैङ्कका प्रमुख कार्यकारी अधिकृत हुन् । करिब दशकअघि स्याङ्जामा स्थापित मुक्तिनाथ विकास बैङ्क तत्कालीन समयमा तीन जिल्ले विकास बैङ्कबाट वृद्धि र स्तरोन्नति हुँदै अहिले राष्ट्रिय विकास बैङ्कका रुपमा सेवा प्रवाह गरिरहेको छ । 


०३० सालमा स्याङ्जामा जन्मिएका सीईओ ढकालले गाउँमै ०४७ सालमा प्रधुम्न उच्च माविबाट विद्यालय शिक्षा पूरा गरेका हुन् । उनले शिक्षाकै स्तरोन्नतिका लागि पोखरा पीएन क्याम्पस हुँदै काठमाडौँको त्रिचन्द्र कलेजसम्मको यात्रा पूरा गरेका छन् । सामाजिक जीवनमा आफूलाई रमाउन चाहने ढकाल प्रारम्भमा गाउँमै रोयल को–अपरेटिम मार्फत वित्तीय संस्थाको अनुभव सुरुवात गरेका हुन् । जिल्लामा वैधानिक रुपमा पहिलोपटक रेमिट्यान्स भित्र्याएको उनले दाबी गरे । साथै रेडक्रस, साहारा जस्ता सामाजिक संस्थाअन्तर्गत रहेर पनि उनले आफ्नो जीवनको सामाजिकतालाई निखारेका थिए । त्यस्तै, स्याङ्जामा नयाँखबर साप्ताहिकका प्रकाशकसमेत रहेर उनले विभिन्न सङ्घ संस्थासँगै तत्कालीन समयमा पत्रकारिता पेसाको अनुभव उनले सँगालेका छन् ।


तत्कालीन द्वन्द्वको समयमा चेक साट्न पोखरासम्म धाउनुपर्ने बाध्यात्म परिस्थितिलाई तोड्दै रोयल को– ओपरेटिभकै सहकर्मीसँगै त्यस क्षेत्रमा चर्चेको पवित्र धार्मिक स्थल मुक्तिनाथको नाममा विकास बैङ्क स्थापना भएको उनी स्मरण गराउँछन् । बैङ्क खोल्दाको प्रारम्भमा सिसाको ढोकाबाट छिर्न अनकनाउने मानिसहरुलाई वित्तीय शिक्षा सिकाउँदै बैङ्क लिएर गाउँगाउँसम्म पुगेको दशकअघिको उनले अनुभव बताए । 


आइरहेको रेमिट्यान्स हातमा होइन खातामा पहिले हुुनुपर्ने उनको जिकिर रहेको छ । बदलिँदो जीवनशैलीसँगै विलासिता र अनुत्पादक क्षेत्रमा खर्च बढ्दा ब्यापार घाटा  बढेको उनी बताउँछन् । विकास बैङ्कहरुले नेपाल राष्ट्र बैङ्कले तोकिएअनुसार नै २ अर्ब ५० करोड सीमामा पुँजी पुर्याएपछि संस्थाहरु अझै बलियो हुने उनको दाबी छ । उनको नेतृत्वमा रहेको मुक्तिनाथ विकास बैङ्कले आगामी ५ वर्षभित्र ८ अर्ब पुँजी पुर्याउने लक्ष्य राखेको छ । पुँजी वृद्धि गरी वाण्ािज्य बैङ्कमा स्तरोन्नति गर्ने लक्ष्यमा बढिरहेको उनले बताए । राष्ट्र बैङ्कको नीतिअनुसार मर्ज तथा गाभिँदै विकास बैङ्कहरु सङ्ख्यात्मक रुपमा घटिरहे पनि सङ्घीय ढाँचाअनुसार देश आर्थिक समृद्धिमा गएकाले विकास बैङ्कहरुलाई अवसर र चुनौती दुवै रहेको उनले बताए । गाउँमा लघुवित्त संस्था सहरमा इन्फ्रास्ट्रक्चर÷ वाणिज्य बैङ्कहरुका बीच चुनौतीलाई चिरेर नयाँ तरिकाले अवसर र कार्यक्षेत्र खोज्दै आफ्नो पहिचान बनाउनुपर्ने उनको तर्क छ । यिनै विषयमा उनै ढकालसँग रातोपाटीका लागि विमल श्रेष्ठले गरेको कुराकानीको सम्पादित रुपः


बजेट भाषणसँगै सरकारले प्रत्येक गाउँपालिकाहरुमा वाणिज्य बैङ्क पुर्याउने नीति लिएको देखिन्छ । गाउँमा स्वयं साना वित्त कम्पनीहरु छन् । त्यस्तै, सहरका ठूला बैङ्कहरु बीच विकास बैङ्कले आफ्नो कार्यक्षेत्र कहाँ खोज्ने ?


विकास बैङ्कको मुख्य लक्ष्य नै गाउँमुखी हुनु हो । हिजोको उद्देश्यअनुसार ग्रामीण विकासका लागि नै विकास बैङ्कको अवधारणा ल्याइएको, आएको हो । जसले आज धेरैभन्दा धेरै विकास बैङ्कहरु देशका दूरदराजसम्म पुगेका छन् । ग्रामीण क्षेत्रका मानिसहरुका लागि पुँजी परिचालन तथा अवसरहरु प्रदान गरिरहेको छ । त्यस्तै, आफ्नो स्तर वृद्धि गर्दै सहर तथा सहरोन्मुख क्षेत्रमा पनि पूर्वाधारका क्षेत्रमा लगानी गर्न सक्षम छन् । यसर्थ गाउँको कुखुरा पालनदेखि विकासका पूर्वाधार हाइड्रोदेखि हलोसम्म विकास बैङ्कको लगानी पुगेको कारण झन् धेरै क्षेत्र र सम्भावनाहरु बन्दै गएको छ । 


गाउँपालिकामा वाणिज्य बैङ्कको उपस्थितिको सम्बन्धमा हो । हामीले पनि आफ्नो कुराहरु अर्थ मन्त्रालयलगायत सम्बन्धित निकायमा राख्यौँ । मिडियामा आएजस्तो विषय फरक होइन । कुनै पनि बैङ्क राष्ट्र बैङ्कको नीति नियमसँग रहेर विकास÷ विस्तार हुन सक्छ । जान पाउँछ । सरकारी कामकाजका लागि केन्द्रसँग जोड्ने विषयलाई वाणिज्य बैङ्कको गाउँपलिकामा आवश्यक हुने भनिएकाले त्यस्तो भनिएको हो । अन्य बैङ्कको उपस्थिति आवश्यक नभएकाले भने होइन यसलाई बुझ्नु आवश्यक  छ । 


कतिपय वाणिज्य बैङ्कभन्दा बढी शाखा विकास बैङ्कको विस्तार भएको छ । जो गाउँका कुना कन्दरामा पनि सेवा प्रवाह गरिरहेका अवस्थामा छन् । यसैले भविष्य अझै उज्वल छ । देशको विकासका लागि आवश्यक पनि छ । फेरि राष्ट्र बैङ्कले भन्दैमा सबै गाउँमा विनापूर्वाधार वाणिज्य बैङ्कहरु गइहाल्छन् भन्ने अवस्था पनि छैनन् । 

के यहाँ विकास बैङ्कप्रति सरकारको नीति अलिक विभेदकारी देखिएको हो ?


हो, सरकारको नीति पनि विभेदकारी देखिन्छ । जनताको पैसा उठाउन लगानी गर्न चाहिँ पाउने तर, सरकारी कारोबार गर्न चाहिँ नपाउने जो वाणिज्य बैङ्कले मात्र पाउने भन्ने अवस्था हुनु हुँदैन भन्ने हामीलाई लागेको छ । हामीले विभिन्न निकायमा हाम्रो संस्थाको तर्फबाट उठाइरहेका छौँ हामीले बैङ्किङ हिसाबले कन्भिन्स गरिरहेका छौँ । सम्बन्धित निकाय सकारात्मक देखिन्छ पनि ।  बजेट भाषणमा भनिएको ‘वाणिज्य बैङ्क’ भनिनुमा केही भ्रम हो तर, विकास बैङ्क पुग्नु उत्तिकै पाइन्छ । यहाँ विकास बैङ्कको विश्वास नभएर होइन कि केही सरकारी महालेखा परीक्षणलगायत विषयका लागि सरकारले त्यसो गरेको बुझेका छौँ । तैपनि सुधार्न भनेका छौँ । हामी पनि सङ्घीयताको आधारमा गाउँमा पुग्न उत्तिकै भूमिका निर्वाह गर्न चाहान्छौँ । 


तपाईं विकास बैङ्क बैङ्कर एसोसिएसनको अध्यक्ष पनि हुनुहुन्छ । विकास बैङ्कलाई अझै प्रभावकारी बनाउन के गर्नु पर्दछ जस्तो लाग्छ ?


हिजो र अहिलेको विकास बैङ्कको सङ्ख्यात्मक रुप हेर्दा भोलिका दिनमा विकास बैङ्क रहन्छ कि रहँदैन के यतिकै पहिचान हराएर जान्छ भन्ने आभास कसैलाई हुन पनि सक्छ । भर्खरै राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थासम्बन्धी २०७४ नियमावली पनि ल्याइएको छ । धेरै कुरा समेटिए पनि केही अपूरो नै छ न अहिले तत्काल हेर्दा विकास बैङ्कहरुको भूमिका कमजोर छैन । प्रष्ट छ, दूरदराजमा गएर यसले आफ्नो सेवा प्रदान गरिरहेको छ । विपन्न वर्गलाई कर्जा उपलब्ध गरिरहेको छ । यहाँ कमर्सियल बैङ्कले दिएको कर्जा पनि उपलब्ध गराइरहेका छन् । 

विकास बैङ्क सँग हिजो थोरै पुँजी हुन्थ्यो । एक जिल्ले तीन जील्ले यस्तै दश जिल्ले गरेर आफ्नो कर्जा लगानी गर्दथ्यो । तर राष्ट्रबैङ्कको नीति सँगै बैङ्कहरु मर्ज भएका छन्, वा ठूलो मात्रामा पुँजी कलेक्सन गर्ने ध्याउन्नमा छन/गरेका छन् जसको लगानीका लागि एक तर स्तर वृद्धि सँगै सहर तथा सहरोन्मुख क्षेत्रमा अवसर खोज्दै आएका हुन् ।


गाउँमा अझै ६० प्रतिशत मानिसको पँहुचमा बैङ्क पुग्न सकेको छैन भनिन्छ । यसर्थ, त्यो ठाउँ क्षेत्र पहिचान गर्दै हामीले पुग्ने हो । जहाँ ठूला बैङ्क पुग्न सक्दैनन् । यस्ता क्षेत्रको जीवनस्तर उकास्ने भनेकै दायित्व विकास बैङ्कको रहेकाले अबका दिनमा पुँजी वृद्धिसँगै विभिन्न कार्यक्रम लिएर त्यस्ता ठाउँमा पुग्न सक्नुपर्दछ । जसले प्रभावकारिता बढाउँछ । पुँजी वृद्धिसँगै  राजधानीको प्राइम लोकेसनमा रहेर  ठूला प्रोजेक्टमा लगानी गर्ने क्षमता पनि राख्दछ भने विकट गाउँमा पुगेर साना साना इकाइमा पनि लगानी प्रवाह गर्न सक्छ । त्यस्तै, ठुला बैङ्क सरह नै हाम्रा शाखाहरु पनि विस्तारित छन् । प्रविधि सँगै हिड्न सक्षम छ । कारोबार ग्रोथ रेसियो पनि बढी छ । तुलनात्मक रुपमा भन्नु पर्दा सेयर पनि वाणिज्य बैङ्कको भन्दा बढी रहेको छ । बास्तवमा भन्ने हो भने अहिलेको नेपालीहरुको आवश्यकता भनेको विकास बैङ्क नै बनने गरेको छ । आर्थिक जिवनस्तर, समाज, क्षेत्र, वित्तिय शिक्षाको आधारमा पनि हाम्रो आवश्यकतालाई पुष्टि गर्दछ । 


बुहआयमिक रुपमा स्तर वृद्धि भइरहेको बिकास बैङ्कले ग्रामीण क्षेत्रको मानिसहरुका जिवनस्तर उकास्न गाउँमै रहनुपर्ने तर, किन पछिल्लो समय अधिकाशं सहर केन्द्रित हुदै आएको हो ?


विकास बैङ्क सँग हिजो थोरै पुँजी हुन्थ्यो । एक जिल्ले तीन जील्ले यस्तै दश जिल्ले गरेर आफ्नो कर्जा लगानी गर्दथ्यो । तर राष्ट्रबैङ्कको नीति सँगै बैङ्कहरु मर्ज भएका छन्, वा ठूलो मात्रामा पुँजी कलेक्सन गर्ने ध्याउन्नमा छन/गरेका छन् जसको लगानीका लागि एक तर स्तर वृद्धि सँगै सहर तथा सहरोन्मुख क्षेत्रमा अवसर खोज्दै आएका हुन् । अर्को वित्तीय विकासका लागि राष्ट्रिय स्तरको बैङ्क बनेपछि जहाँ पनि अवसर लिएर हिँड्न पाइन्छ नै । यसैले सहर केन्द्रित भएको होइन, गउँबाट आफ्नो स्तरोन्नति गर्दै  सहरसम्म परिचय स्थापति गर्न आइपुगेको हो । अर्को जसले वाणिज्य बैङ्कमा स्तरोन्नतिका लागि अवसर खोजेको पनि हो । तर, कदापि हामीले ग्रामीण क्षेत्रलाई भुल्नु भने अवश्य हँुदैन । 

विकास बैङ्कका चुनौती र अवसर के–के हुन सक्छन् ?


खुला अर्थतन्त्रमा राज्यको नियमअनुसार जो जहाँ पनि पुग्न सक्छन् । कार्यक्षेत्र विस्तार गर्न सक्छन्  । संयमित रहेर विकास बैङ्कले वाणिज्य बैङ्क जान नसक्ने ÷नसकेको क्षेत्र पहिचान गर्न सक्नुपर्दछ । आफ्नो सोचाइ दायर फराकिलो बनाउनु आवश्यक छ । त्यस्तै, जहाँ साना कर्जाको आवश्यकता हुन्छ जनतालाई त्यस्ता क्षेत्रको पहिचान गर्न सक्नु प्रमुख चुनौती छ । पूर्वाधार नपुगेको दुर्गम क्षेत्रमा अवश्य पनि ठूला बैङ्क पुग्न असम्भव छ । जसले २/४ लाख लगानी गर्न पनि जाँदैनन् । यसर्थ तिनै क्षेत्र र व्यवसायीकहाँ हामी पुग्ने प्रयत्न गर्नुपर्दछ । केही कठिनाइ हुन सक्छ तर कालान्तरमा राम्रो हुन्छ । त्यस्ता ठाउँमा जनशक्ति कम, बैङ्किङ साक्षरता नहुन सक्छ । तर तिनै क्षेत्र दीर्घकालका लागि उपयुक्त क्षेत्र हुन् । एउटा कुरा के हो भने, जुन राजधानी केन्द्रित बैङ्क छ उसले ग्रामीण क्षेत्र भुल्यो भने उसले आफ्नो पहिचान गुमाउने निश्चित छ । 

हिजो ५०/६० वटासम्म सङ्ख्यात्मक वृद्धि भएका बैङ्क अब केही समयमै  १५/२० को सङ्ख्यामा आउँदैछ, खुम्चिँदै आउनुमा विकास बैङ्कको आवश्यकता कम भएको हो ?


यहाँ विकास बैङ्क ४ किसिमका छन् । सायद अब एक जिल्ले बैङ्क नरहन सक्छ । किनभने मौद्रिक नीतिअनुसार पुँजी अब सबैमा एकै किसिमको हुँदैछ । राष्ट्र बैङ्कको उद्देश्यअनुसार मर्जको अवधारणमा आउँदा बैङ्कहरु आफ्नो आवश्यकता र छनोटका आधारमा स्वतन्त्र गाभिने वा मर्ज हुने क्रमका कारण सङ्ख्यात्मक रुपमा कम हुन पुगेको हो । तर जति छन्, झन् पुँजीगत रुपमा बलियो भएका छन् । पुँजी वृद्धिपछि लगानी पुँजी परिचालनका हिसाबले अझै व्यवस्थित र विस्तार भई बढी आवश्यकताको महसुस गराउँछ । अर्को पक्ष भनेको विकास बैङ्कको अन्तिम लक्ष्य भनेकै  पुँजी तथा सेवा विकास गर्दै  वाणिज्य बैङ्कसम्म पुग्ने हो । कतिपयको यही लक्ष्यको कारण पनि सङ्ख्यामा कमी भएको हो । विकासको क्रममा जनताको निक्षेप जहिले सुरक्षा रहिरहन्छ । बैङ्क व्यवस्थापन क्रममा जसले जनताको मन जित्छ, ऊ रहन्छ । जसले सक्दैन पहिचान गुमाउँछ । 

विकास बैङ्क ठूला बैङ्कसँग गाभिदा समस्या आएको भनिन्छ नि ?


यहाँ, विकास– विकास बैङ्क मर्ज हुँदा समस्या छैन÷देखिएन तर, ठूला बैङ्कसँग गाभिदा भने केही समस्या देखिएको पाइन्छ ।  सानो कर्जाबाट नै व्यवसाय सञ्चालन गर्दै आएका कस्टमर थिए । अब तिनले पाउने कर्जामा नीतिगत रुपमै फरकपन आउँछ । पोलिसीमै फरक पर्दछ । हिजोको कस्टमरको सन्तुष्टिलाई कायम राख्न सकिन्छ कि सकिँदैन एउटा पक्ष छ भने, अर्को कर्मचारीहरुमा मनोवैज्ञानिक रुपमा जोडिनु आवश्यक हुन्छ । सेवा दिएको ग्राहकलाई निरन्तर सेवा पाउँछ कि पाउँदैन भन्ने देखिन्छ । जो वाणिज्य बैङ्कले डकुमेन्टदेखि ‘रेस्पोन्स’ गर्ने आधारमा भर पर्दछ । त्यस्तै सहजता, सरलता र भावनाको कुरा पन छँदैछ । 

पवित्र धार्मिक क्षेत्रको नामबाट स्थापित मुक्तिनाथ विकास बैङ्क तीन जिल्ले बैङ्कबाट राष्ट्रिय स्तरको बन्न सफल हुनुको कारण जनाताको विश्वास कर्मचारीका लगनशीलता नै प्रमुख कारण हो । हामी मापदण्डअनुसार पुँजी पुर्याउनेमा बोनस र राइट सेयरबाट गर्दैछौँ । बैङ्कको चुक्ता पूँजी १ अर्ब ५५ करोड रहेको छ ।

फरक प्रसङ्ग, सबै आर्थिक गतिविधि ओरालो लाग्दा पनि बैङ्कहरु कसरी करोडौँ /अर्बौं नाफामा पुग्न सफल भएको हो ? अर्को  बैङ्कका सीईओहरु जनताप्रति भन्दा सञ्चालकप्रति उत्तरदायी हुन्छ भनिन्छ नि ?


बैङ्क आफैमा पारदर्शी र विश्वसनीय संस्था हो । यहाँ हरेक कुरा नेपाल राष्ट्रबैङ्कको मनिटरिङमा हुने गर्दछ । नाफाको रेसियो कमाउनेदेखि लगानीसम्म, कर्मचारी भर्नादेखि हरेक कुरामा निरन्तर सधैँ माथिको नियम अनुगमनमा रहेको हुन्छ । यसैभित्र रहेर चुस्त व्यवस्थापन भविष्यको विषयलाई मध्यनजर गरेर अघि बढ्न सकेको कारण पनि नाफामा गएको हो । हरेक कुरा जनताको अगाडि छर्लङ्ग नै हुन्छ । तर अन्य संस्थाको त्यस्तो हुँदैन त्यसैले यस्तो लागेको हुन सक्छ । बैङ्कमा अर्बौं लगानी हुन्छ । अन्य व्यवसाय जस्तो कम पुँजी लगानीमा नाफा हुने पनि होइन  बैङ्कले जति व्यवसाय बढाउँछ, पुँजी पनि बढाएको हुन्छ । सिस्टमले काम गर्दछ र पुँजीको बृहत लगानी हुने भएका कारण कारोबार बढी नाफा पनि हुने नै भयो । वित्तीय व्यवस्थापनलाई सही मार्गमा लिएर हिँड्न सकेको कारण नाफामा रहेको भन्न सकिन्छ । 


अर्को कुरा, जुन सीईओ संस्था वा बोर्डप्रति र जनताप्रति  बराबर उत्तरदायी छ, त्यो सधैँ रहन्छ, राम्रो सफल सीईओ हुन सक्छ । जो बोर्डप्रति खुशी बनउन एकपक्षीय रहन्छ, ऊ सफल सीईओ हुनै सक्दैन । परिणामले देखाउँछ ।

पछिल्लो समय असमान ब्याजदर अस्वस्था वृद्धि हुनुको कारण के हुन सक्छन् ?


हो, असमान वृद्धि देखिएकै हो । यसले नेपालको बैङ्किङ क्षेत्र जोखिम हो कि भन्ने पनि देखिन्छ । लगानीको हिसाबले हेर्दा सबभन्दा ठूलो दशकदेखि रेमिट्यान्सको ग्रोथ थियो । त्यही अनुसार बैङ्कहरुले बुझे अघि बढे । त्यस्तै राष्ट्रबैङ्कले पुँजी वृद्धि गरिदियो । पुँजी वृद्धि गर्दा मर्जर र बोनसबाट गरे तर अधिकांश वाणिज्य बैङ्कले लगानी गर्दा अनुमानअनुसार डिपोजिट भने पाउन सकेन यसले समस्या आयो र ब्याजदरभा निक्षेपका लागि स्वत वृद्धिदर बढेर गयो । रेमिट्यान्स घट्यो मार्केटमा पैसा रहेनछ भन्ने भयो । अर्को मुख्य कुरा सरकारले समयमै बजेट खर्च गर्न नसक्नु कमजोरी हो । जब पुँजी निष्कृय हुन्छ, समश्या अवश्य आउँछ नै । त्यस्तै, नेपालीको जीवनशैली बदलियो । फजुल खर्च बढयो, अनुत्पादक क्षेत्रमा  खर्च बढ्नु अर्को प्रमुख कारण रह्यो । यसैले ब्यापार घाटा बढ्न सफल भएको हो । 
यसैले समस्या आएको हो, सबैले आफ्नो आफ्ने कमजोरी सुधारेर जानु आवश्यक छ । 

दशकदेखि नेतृत्व गर्नुभएको मुक्तिनाथ विकास बैङ्क राष्ट्रिस्तरको विकास बैङ्कमा सफल छ । कारण के होला ? पछिल्लो तथ्याङ्कसहित बताइदिनोस् न । 


पवित्र धार्मिक क्षेत्रको नामबाट स्थापित मुक्तिनाथ विकास बैङ्क तीन जिल्ले बैङ्कबाट राष्ट्रिय स्तरको बन्न सफल हुनुको कारण जनाताको विश्वास कर्मचारीका लगनशीलता नै प्रमुख कारण हो । हामी मापदण्डअनुसार पुँजी पुर्याउनेमा बोनस र राइट सेयरबाट गर्दैछौँ । बैङ्कको चुक्ता पूँजी १ अर्ब ५५ करोड रहेको छ । २ अर्ब ५० करोड पुग्न हामीलाई सहज छ । देशका विभिन्न क्षेत्रमा ६० भन्दा बढी शाखा सञ्चालनमा छन् । केही समयमै १० स्थानमा सेवा विस्तार गर्दै छौँ । निक्षेप ७४ प्रतिशतले वृद्ध भएको देखिन्छ भने कर्जा ७५ प्रतिशतले वृद्धि भएको छ । हामीले गाउँदेखि सहरसम्म गरिबदेखि धनीसम्मलाई सहयोग गर्नुपर्दछ भन्ने मूल मन्त्रसहित बैङ्क जनतामा जानुपर्ने मान्यता लिएका छौँ । त्यस्तै, हामी सामाजिक क्षेत्रमा पनि उत्तिकै जिम्मेवारी बहन गर्दै आइरहेका छौँ ।

विमल श्रेष्ठ

विमल श्रेष्ठ अर्थ क्षेत्रमा कलम चलाउँछन् ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ