राष्ट्रसंघद्वारा गाजा क्षेत्रलाई थप सहयोग
रामल्लाह – संयुक्त राष्ट्रसंघका प्यालेष्टाइनस्थित मानवीय सहयोग संयोजकले प्यालेष्टिनी भूभाग गाजा क्षेत्रका लागि थप सहयोग गर्ने बताएको छ । उक्त क्षेत्रमा आधारभूत सामग्रीहरुको अभाव हुन नदिन थप सहयोग गर्ने विषयमा संयुक्त राष्ट्रसंघले बताएको छ ।
संयुक्त राष्ट्रसंघका प्यालेष्टाइनस्थितामा मानवीय सहयोग संयोजक रोवर्ट पाइपरका अनुसार गाजा क्षेत्रमा अति आवश्यकीय मानवीय सहयोगको अभाव हुन नदिन २५ लाख अमेरिकी डलर बराबरको थप सहयोग प्राप्त हुनेभएको हो ।
पाइपरले सहयोगले उक्त क्षेत्रमा स्वास्थ्य, खानेपानी, तथा सरसफाइ आयोजनाको सञ्चालन गर्न, इन्धन तथा औषधिजन्य सामग्रीको व्यवस्था गर्न पछिल्लो सहयोग दिइएको जानकारी गराउनुभयो ।
गाजामा विगत लामो समयदेखि ऊर्जा संकट जारी छ । अहिले गाजा क्षेत्रमा मात्रै २५ प्रतिशत विद्युत् आपूर्ति हुने गरेको विज्ञप्तिमा उल्लेख छ । उक्त क्षेत्रमा सहयोगका लागि भने कम्तीमा पनि दुई करोड ५० लाख अमेरिकी डलर माग गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गीत रेकर्डसँगै ‘आम नागरिक’ निर्माण सुरु
-
सर्वोच्च अदालतको प्रश्नपछि पतञ्जलिले पत्रपत्रिकामा फेरि छाप्यो माफीनामा
-
१७औँ आईपीएलको ४०औँ खेल आज : लगातार दोस्रो पटक गुजरातलाई हराउने योजना बुन्दै दिल्ली
-
नेपाल र कतारबिच दुईपक्षीय वार्ता
-
सुनको मूल्य तोलामा ५ सय रुपैयाँ बढ्यो, कतिमा हुँदैछ कारोबार ?
-
अनमोलको ‘फर्की फर्की’को धमाधम विदेश राइट बिक्री