शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

हवाई कारबाहीमा नौ आतंककारी मारिए

सोमबार, ०२ असोज २०७४, १७ : ५०
सोमबार, ०२ असोज २०७४

काबुल – अफगानिस्तानको पूर्वी प्रान्त नान्र्गाहारमा आइतबार अफगान सेनाले गरेको हवाई कारबाहीमा परी कम्तीमा नौ इस्लामिक स्टेट्स (आइएस) आतङ्ककारी मारिएका छन् । 

अफगानिस्तानको गृह मन्त्रालयले सोमबार सो जानकारी दिएको छ ।  नान्र्गाहार प्रान्तको आचिन जिल्लामा लुकेर बसेका आतंककारीलाई लक्षित गरी भएको हवाई कारबाहीमा ती आतंककारी मारिएका सोमबार गृह मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा जानकारी दिइएको छ । 

यस कारबाहीको क्रममा आइएस आतंककारीसँग सम्बन्धित हातहतियार र सवारीसाधनसमेत नष्ट गरिएको जनाइएको छ ।  अफगान सरकारी बलले गरेको यस कारबाही र हताहतको आइएस आतंककारी समूहले भने कुनै टिप्पणी गरेका छैनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप