बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आफ्नै किर्तिमान तोड्दै देउवा : दुई मन्त्री थपिए

सोमबार, ०२ असोज २०७४, १६ : ४२
सोमबार, ०२ असोज २०७४

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो किर्तिमानी मन्त्रिपरिषद्मा थप दुई सदस्य थप गरेका छन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकले सिफारिस गरेका  विराज विष्ट र कमला शर्मालाई प्रम देउवाले सोमबार राज्यमन्त्रीमा सपथ गराएका हुन् । 

विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा विष्ट र वन तथा भू–संरक्षण राज्यमन्त्रीमा शर्मालाई सिफारिस गरेको नेता राजाराम श्रेष्ठले जानकारी दिए ।

यसअघि विष्टले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा सहायक मन्त्रीको जिम्मेवारी लिएका थिए । शर्मा पहिलोपटक राज्यमन्त्री भएकी हुन् । 

योसँगै देउवा सरकारको मन्त्रिमण्डल ५६ सदस्यीय बनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप