बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भोलि टुँडिखेलमा उत्सव, माइतिघरमा कालो दिवस !

सोमबार, ०२ असोज २०७४, १५ : २८
सोमबार, ०२ असोज २०७४

काठमाडौं–सरकारले असोज ३ गते भव्य रुपमा संविधान दिवस मनाउने तयारी गरिरहेका बेला तराई मधेस राष्ट्रिय परिषदले भने तराईका सवै जिल्ला र काठमाडौको माइतिघर मण्डलामा कालो दिवसका रुपमा मनाउने तयारी गरेको छ । सो क्रममा परिषदले शान्तिपूर्ण विरोधसभा समेत गर्ने भएको छ । 
बर्तमान संविधान स्वरुपमा अन्तरविरोधी र सारमा विभेदकारी भएको भन्दै परिषदले सिमान्तकृत र उत्पीडित बर्गको मुक्ति गर्न नसक्ने भएकाले विरोधस्वरुप कालो दिवस मनाउन लागेको जनाएको छ । उसले संविधानले मधेस आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदको अपमान र लोकतान्त्रिक आन्दोलनको भावनालाई तिरस्कार गरेको जनाएको छ  ।
परिषदले देश र मधेसको दीर्घकालिन हितमा मधेसी र अन्य सिमान्तकृत समुदायको न्याय र समानताको आकांक्षा तथा जनभावना अनुरुप संविधान संशोधन गर्न जरुरी रहेको समेत जनाएको छ । 
तराई मधेस राष्ट्रिय परिषद मधेसी युवाहरुको स्वयंसेवी मिसनरी संगठन हो जसले तराई मधेसमा विद्यमान राजनीतिक समस्या समाधान गर्ने उदेश्यले विभिन्न कार्यक्रम गर्दै आएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप