१५ वर्षमा बनिन् आमा, ६ सन्तानको जन्मपश्चात् गरिन् विवाहः यस्तो छ यी सफल व्यवसायीको कथा
नेपालमा विवाह अघि नै कोही व्यक्तिसँग सम्बन्धमा हुनु समाजको लागि पाच्य हुँदैन । यस्तोमा गर्भवती हुने कुरा निकै ठूलो कुरा हो । तर विदेशमा पनि स्थिती त्यति राम्रो छैन । मेलबर्नमा बस्ने शेरोन जेबरले १५ वर्षको उमेरमा गर्भवती भएपछि मानिसहरुको विभिन्न टिका–टिप्पणी सुन्नु परेको बताइन् ।
स्कूल पढ्दा नै बनेकी थिइन् एक सन्तानकी आमाः
सन् १९९९ मा शेरेनले आफ्नो पहिलो सन्तानको जन्म दिएकी थिइन् । त्यतिबेला शेरोन हाई स्कूलमा थिइन् । उनका परिवारका सदस्यले गर्भपतनका लागि निकै दबाब दिएका थिए तर शेरोनले बच्चालाई जन्म दिने निर्णय गरिन् । शेरोनका अनुसार छोरी सिमोनको जन्मपछि मानिसहरुले उनका कुरा काट्न थालेका थिए । उनको क्यारेक्टरमाथि नै प्रश्न उठाइन्थ्यो । तर सबैभन्दा ठूलो कुरा उनका प्रेमी रेमसेले उनको साथ छोडेनन् ।
६ सन्तानलाई जन्म दिएपछि गरे विवाहः
१५ वर्षको उमेरमा पहिलो सन्तानलाई जन्म दिएपछि रेकसेसँगको उनको सम्बन्ध थप बलियो भयो । यो जोडीले सन् २०११ मा विवाह गरे । त्यतिबेलासम्म यो जोडीका ६ सन्तानको जन्म भइसकेको थियो । विवाह पछि भएका दुई बच्चासहित यो जोडीका आठ सन्तान छन् । उनीहरुका जेठी छोरी १८ वर्ष पुगेकी छिन् भने सबैभन्दा कान्छो सन्तान दुई वर्षका छन् ।
सफल करियरसँगै गर्छिन् सन्तानको स्याहार सुसारः
शेरोन अहिले ३४ वर्ष पुगेकी छिन् । शेरोन डेटा मार्केटिङ कम्पनीकी म्यानेजर हुन् र आफ्नो अनलाइन बिजनेस पनि चलाउँछिन् । यदि तपाईं मन लगाएर काम गर्नुहुन्छ भने सफल हुन तपाईंलाई कसैले रोक्न सक्दैन ।