बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

गोपाल खड्का हटाउन के–के गरे आपूर्तिमन्त्रीले ?

सोमबार, ०२ असोज २०७४, १५ : ०१
सोमबार, ०२ असोज २०७४

काठमाडौं– सोमबार आयल निगमका कार्यकारी निर्देशक गोपाल बहादुर खड्का बर्खास्तीमा परे । आपूर्ति मन्त्री शिवकुमार मण्डलको ठाडो प्रस्तावमा मन्त्रिपरीषद्बाट खड्कालाई बर्खास्त गरिएको हो । यद्यपी उनलाई  जोगाउन धेरै खेल भने नभएका होइनन् । 
अनेकौं खेलकाबीच आपूर्तिमन्त्री शिवकुमार मण्डलको अडान, प्रधानमन्त्री शेर बहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डको सहयोगमा खड्का हटाइएका हुन् । 
मण्डल आपूर्तिमन्त्री भएर आउने बेला जग्गा खरीद काण्ड भइसकेको थियो । मन्त्री मण्डल आउनेवित्तिकै खड्काको उक्त गलत कार्यविरुद्ध सक्रियता सुरु भएको थियो । 
खड्का जोगाउने सचिवको सरुवा 
मन्त्री आईसकेपछि जग्गा खरीदमा भएको अनियमितता छानविन गर्न सचिवलाई निर्देशन दिए । तर तत्कालिन आपूर्ति सचिव प्रेमकुमार राईले केही भएको भेटिँदैन भनेर आलटाल गरेपछि मन्त्री तनावमा परे । त्यसपछि सविचलाई नै सरुवा गरी मन्त्रीले छानविन प्रकृया शुरु गरेका थिए । कृष्णराज देवकोटा सचिव बनेर आईसकेपछि छानविन गरी कमजोरी गरेको प्रतिवेदन दिए । 
निरन्तर छलफल 
अनियमितता गर्ने खड्कालाई हटाउन मन्त्री दिनहुँ छलफलमा ब्यस्त रहे । मन्त्रालयका कर्मचारी, निगमका कर्मचारी, विज्ञ, कानुन व्यवसायी तथा पार्टी नेतृत्वसंग पनि छलफल गरेका मन्त्रीले खड्काले कमजोरी गरेको तथ्य फेला परेपछि कार्वाही गर्ने प्रतिवद्धता सार्वजनिक गरेको मन्त्रालय निकट स्रोतले बताएको छ । 
माओवादी अध्यक्ष प्रचण्डले समेत जनताले देशको विकासको लागि माओवादीको मात्रै आस गरेकोले भ्रष्टाचारी र अनियमिता गर्नेलाई कार्वाही गर्न मन्त्रीलाई साथ दिएकाले उनलाई हटाउन थप सजिलो भएको थियो  ।  पार्टी अध्यक्षको साथपछि मन्त्रीले छानविनको दायरालाई अझ कडा गरेको उनी निकट स्रोत बताउँछ । 
यस्तै खड्का हटाउन माओवादीको सहायक संगठन वाईसिएल नेपालले पनि मन्त्रीलाई दवाव दियो । कमजोरी गर्नेलाई कार्वाही गर्ने वातावरण सिर्जना गर्न आईतबारमात्रै आइसिएलले ज्ञापनपत्र समेत बुझाएको थियो । 
भ्रष्ट कर्मचारीको असहयोग 
गोपाल बहादुर खण्डकालाई जोगाउन सविच प्रेमकुमार राईदेखि मन्त्रालयका सहसचिव र उपसचिव सम्म लागेको स्रोतले बताएको छ । सचिव राई र सह सचिव मुकुन्द पौडेलले छानविन समेत नगरेर असहयोग गर्ने प्रयास गरे । तर सचिवको सरुवा संगै नयाँसचिव कृष्णराज देवकोटाको सहयोगमा छानविन भयो । कमजोरी पत्ता लाग्यो । तर प्रतिवेदन बुझाएर सचिव देवकोटा चाईना भ्रमण हिँडेपछि सहसचिव नेतृत्वको टोली हावी भयो । 
मन्त्रिपरिषदमा लैजाने प्रस्ताव तयार गर्न पटक पटक मन्त्रीले निर्देशन दिँदा समेत सह सचिव पौडेल र कानुन उपसचिवले वास्ता गरेनन् । सोमबार बस्ने मन्त्रिपरीषदको बैठकका लागि आईतबार कार्यालयसमयभित्र प्रस्ताव तयार नगरेको मन्त्रालय स्रोतले बतायो । 
प्रस्तावको विषयमा बेलुका मन्त्री मण्डलले सोधखोज गरेपनि कार्यालय समय सकिएको प्रतिकृया उनीहरुले दिएको स्रोतको दावी छ । तर मन्त्री मण्डलले जसरी पनि प्रस्ताव तयार गर्नु भनेपछि राती अवेरसम्म बसेर कर्मचारीले प्रस्ताव तयार गरेका थिए । 
रातोपाटीकर्मी रिपोर्टिङ्गको लागि सिंहदरबार पुग्दा सोमबार बिहान मन्त्रीपरिषद बैठक शुरु भैरहेको समयमा समेत आपूर्तिमन्त्रीको नीजि सचिवालयको टिम दौडधुममै देखिन्थ्यो । कर्मचारीको असहयोगका बाबजुद कानुनी प्रावधान र आवस्यक प्रकृया पु¥याएपछि अन्ततः गोपाल खड्का बर्खास्तीमा परे । 

आयल निगमका कार्यकारी निर्देशक खड्का बर्खास्त

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप