शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लाहोरको संसद सदस्यमा पूर्व प्रधानमन्त्री नवाज शरिफकी श्रीमती बिजयी

सोमबार, ०२ असोज २०७४, १४ : ५७
सोमबार, ०२ असोज २०७४

इस्लामावाद । पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी श्रीमतीले लहोरमा भएको संसदको उपनिर्वाचनमा विजय हासिल गरेकी छिन् । 

पाकिस्तानको सर्वोच्च अदालतबाट गत जुलाइमा सांसद पद सम्हाल्न समेत अयोग्य ठहर गरी हटाइएका यहाँका वरिष्ठ राजनीतिज्ञ शरिफकी श्रीमतीले उनकै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएकी थिइन् । 

सोमबार बिहान सार्वजनिक गरिएको अनौपचारिक नतिजाअनुसार कुलसूम नवाजले आफ्ना निकटतम प्रतिद्वन्द्वीले भन्दा करिब १५ हजार मत बढी ल्याएकी छिन् । 

लाहोरका स्थानीय सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार उनले ६१ हजार २५४ मत प्राप्त गरेकी छिन् । 

एक बहुचर्चित भ्रष्टाचारसम्बन्धी मुद्दा, पानामा पेपर्समा हालसालै पाकिस्तानको सर्वोच्च अदालतले तत्कालीन प्रधानमन्त्री नवाज शरिफलाई सांसद पद समेत धारण गर्न योग्य नहुने ठहर गरेपछि उनी राजीनामा दिएर बसेका छन् । 

पूर्व प्रधानमन्त्री शरिफको राजीनामापछि नै उक्त निर्वाचन क्षेत्रमा उपचुनाव भएको थियो । सो चुनावमा सत्तारुढ पीएमएलएन पार्टीबाटै उठेर उनले सो बिजय हासिल गरेकी हुन् । 

कुलसुम हाल क्यान्सर रोगबाट पीडित छिन् । उनी लन्डनको एक अस्पतालमा उपचाररत छिन् । 

आफूले विजय हासिल गरेको खबर थाहा पाएपछि कुलसुमले आफूलाई मतदिने मतदाताहरुलाई धन्यवाद ज्ञापन गरेको उनकी छोरी मारयाम शरिफले विज्ञप्तिमार्फत जानकारी दिएकी छिन् । 

उक्त विजयपछि पाकिस्तानको सत्तारुढ दल पिएमएलएनले चुनावी नतिजाले नवाज शरिफलाई भ्रष्टाचारको मुद्दामा राजनीतिक षड्यन्त्रको शिकार बनाइएको पुष्टि गरेको प्रतिक्रिया दिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप