बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सम्पन्न नेपाल र सुःखी नेपाली : राष्ट्रपति भण्डारी

सोमबार, ०२ असोज २०७४, १४ : ३५
सोमबार, ०२ असोज २०७४

काठमाडौं– राष्ट्रपति विद्या भण्डारीले ‘सम्पन्न नेपाल र सुःखी नेपाली’ बनाउने सपना साकार पार्न आफू संघर्षरत रहेको बताएकी छन् । 
राष्ट्रपति भण्डारीले मुलुकलाई समृद्ध बनाउने गरी दक्ष जनशक्ति निर्माणमा जोड दिन पनि सरकारको ध्यानाकर्षण गराइन् । 
काठमाडौंको मध्य बानेश्वरस्थित रत्नराज्य माध्यामिक विद्यालयको नवनिर्मित भवनको सोमबार उद्घाटन गदै उनले विद्यालय शिक्षामार्फत् राष्ट्र, राष्ट्रियता, राष्ट्रिय स्वाभिमानले ओतप्रोत चरित्रवान नागरिक निर्माण गर्नुपर्ने राष्ट्रिय कार्यभार पूरा गर्ने दायित्व सरकारको भएको पनि स्पष्ट पारिन् । 
राष्ट्रपति भण्डारीले पोषण शिक्षालाई विद्यालय तहमै विशेष प्राथमिकता दिनसके भविष्यमा सबै नागरिकलाई स्वस्थ बनाउन सकिने धारणा पनि राखिन् । त्यस अवसरमा विद्यालयको भवन निर्माणमा आर्थिक सहयोग उपलब्ध गराउनेहरुलाई पनि राष्ट्रपति भण्डारीले सम्मान गरेकी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप