बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश नम्बर दुईको निर्वाचनमा दिउँसो १ बजेसम्म ५३ प्रतिशत मतदान

सोमबार, ०२ असोज २०७४, १४ : २७
सोमबार, ०२ असोज २०७४

काठमाडौँ । स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा आज प्रदेश नं. २ का आठ जिल्लाका १३६ वटा स्थानीय तहमा जारी मतदानमा दिउँसो १ बजेसम्म करिव ५३ प्रतिशत मतदान भएको पछिल्लो जानकारी प्राप्त भएको छ ।

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन परिचालन केन्द्र (जे.इ.ओ.सी.) बाट प्राप्त पछिल्लो जानकारी अनुसार, सप्तरीमा ५० प्रतिशत, सिरहामा ५० प्रतिशत, धनुषामा ४५ प्रतिशत, रौतहटमा ६० प्रतिशत, महोत्तरीमा ५० प्रतिशत, बारामा ५० प्रतिशत, पर्सामा ५५ प्रतिशत र सर्लाहीमा ६० प्रतिशत मतदान भएको छ ।

आज अपरान्ह ५ बजेसम्म निर्वाचन अधिकृतले तोकेको क्षेत्रभित्र प्रवेश गर्ने मतदाताहरूले मतदान गर्न पाउने छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप