शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अभिनेत्री ऋचाको कस्तो होला ‘सुनकेसरी’ ?

सोमबार, ०२ असोज २०७४, १३ : १४
सोमबार, ०२ असोज २०७४

काठमाडौं – पहिलो चलचित्रको ब्यवसाहिक सफलताले थन्किएका धेरै निर्माता यो क्षेत्रमा । अभिनेत्री ऋचा शर्माले भने फेरी अर्काे चलचित्र निर्माण गर्ने भएकी छन् । उनले बनाएको पहिलो चलचित्र ‘आधा लभ’गत जेठमा प्रदर्शनमा आएको थियो ।
अर्पण थापाको निर्देशनमै उनले फेरी चलचित्र बनाउन लागेकी हुन् । ‘सुनकेसरी’ नाम जुर्याइएको चलचित्रको अहिले अष्ट्रेलियामा छायाँकन भइरहेको छ । 
ऋचाले चलचित्र अष्ट्रेलियामा बस्दै आएका भीम न्यौपानेसँगको सहकार्यमा निर्माण गर्न लागेकी हुन् । चलचित्र ऋचा शर्मा, भीम न्यौपाने, रबिन्द्र झा लगायतका कलाकारले अभिनय रहनेछ ।
कार्यक्रममा निर्देशक अर्पण थापाले चलचित्र प्रविधिक रुपमा निकै बलियो बन्ने बताए । उनले भने, ‘नेपालमा हरर चलचित्र हेर्ने दर्शकको संख्या ठूलो छ । तर, आजसम्म बनेका चलचित्रले दर्शकका अपेक्षा पुरा गर्न सकेका छैनन् ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप