मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

सिजी मोबाइल्सले ल्यायो दुई नयाँ मोडलका मोवाइल सेट

सोमबार, ०२ असोज २०७४, १३ : ०५
सोमबार, ०२ असोज २०७४

काठमाडौं– सिजी मोबाइल्सले एस्ट्रो सिरिजमा दुई वटा नयाँ मोडल एस्ट्रो टर्च एमवान् र एस्ट्रो टर्च एसवान् सार्वजनिक गरेको छ । 
सिजी मोबाईलले नयाँ पुस्ताका लागि लक्षित गरेर ल्याएका मोबाईलमा इन्ट्री लेभल सेगमेन्ट समावेश गरिएको जनाइएको छ । मनोरञ्जन र कुराकानीका लागि पछिल्ला प्रविधि प्रयोग गरी बनाइएको मोबाइललाई बजेट शुल्कमै पाउन सकिने कम्पनीले जनाएको छ । 
सिजी मोबाईल्सका व्यवस्थापन प्रमुख रमेश श्रेष्ठले दुई नयाँ मोबाइल सेट सार्वजनिक भएको र यसमा नयाँ प्रयोग भएको बताए । मोबाईलको ब्याट्रीका साथसाथै स्मार्ट फिचर समावेश रहेको र सस्तो पनि रहेको बताए । उनले एस्ट्रो टर्च एमवान् र एस्ट्रो टर्च एसवान्ले ग्राहकको मन जित्ने विश्वास गरको बताए । 
यी मोबाईल लामो यात्रामा हिड्ने वा लामो समयसम्म चार्ज गर्न नपाउनेहरुका लागि उपयोगी हुने कम्पनीले बताएको छ । अडियो ज्याक, मोबाइल स्क्रिन पनि अपडेटेड प्रविधिमा आधारित रहेको सीजी मोबाइल्सको भनाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप