बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एक हजारको नक्कली नोट भेटियो

सोमबार, ०२ असोज २०७४, १२ : ५६
सोमबार, ०२ असोज २०७४

गोरखा - सदरमुकामका विभिन्न पसलमा एक हजार रुपैयाँको नक्कली नोट फेला पर्न थालेको छ । 

रु एक हजारको नक्कली नोट ग्राहकले विभिन्न सामग्री खरिद गर्दा झुक्याएर दिने गरेको पाइएको व्यापारीले बताएका छन् । 

“नोटको सेतो भागमा हुने लालीगुराँसको फोटो र नेपाल राष्ट्र बैंक लेखिएको बीचको धर्सो हजारको नोटमा छैन”, पसलमा ग्राहकले नक्कली नोट दिएर झुक्याएको बताउँदै गोरखा नगरपालिका–७ बतासेका व्यापारी प्रकाश रोकाले भन्नुभयो । 

नयाँ बजारस्थित ओमशंकर स्टोरमा आइतबार नक्कली नोट फेला परेको थियो । नयाँबजारकै जनमुखी सहकारीमा पनि रु एक हजारकै नक्कली नोट फेला परेको हो । नक्कली नोटको बिगबिगी बढेपछि व्यापारी र जनतालाई चनाखो रहन, नोट राम्रोसँग हेरेर मात्रै लेनदेन गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । 

नक्कली नोटको कारोबार गर्नेको खोजी शुरु गरिएको प्रहरीले जनाएको छ । फेला परेका नक्कली नोटमा एउटै च २५, ४३६१३३ नम्बर उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप