बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

राज्यमन्त्रीमा विष्ट र शर्मालाई सिफारिस, मन्त्रीको सख्याँ ५६ हुने

सोमबार, ०२ असोज २०७४, ०८ : ००
सोमबार, ०२ असोज २०७४

काठमाडौँ -राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकले विराज विष्ट र कमला शर्मालाई राज्यमन्त्रीमा सिफारिस गरेको छ । 

पार्टीले विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा विष्ट र वन तथा भू–संरक्षण राज्यमन्त्रीमा शर्मालाई सिफारिस गरेको नेता राजाराम श्रेष्ठले जानकारी दिए ।

यसअघि विष्टले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा सहायक मन्त्रीको जिम्मेवारी लिएका थिए । शर्मा पहिलोपटक राज्यमन्त्री हुन लागेका हुन् । 

पार्टी अध्यक्ष पशुपतिशम्शेर राणाले उनीहरुको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउनुभएकाले आजै शपथ गराउने कार्यक्रम रहेको पार्टीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप