शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नयाँ शक्ति पार्टी जुम्लाले उम्मेदवारको टुंगो लगायो

सोमबार, ०२ असोज २०७४, १२ : ३२
सोमबार, ०२ असोज २०७४

जुम्ला -आगामी मंसिर १० गते हुने प्रदेश र संघको चुनावका लागि नयाँ शक्ति पार्टी जुम्लाले आफ्नो उम्मेदवारको टुंगो लगाएको छ । 

नयाँ शक्तिले पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य रामकृष्ण बुढ्थापालाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार घोषणा गरेको छ । 

त्यस्तै, प्रदेशसभा सदस्यका लागि जुम्लाको क्षेत्र नं १ बाट नरेन्द्रनाथ योगी र क्षेत्र नं २ बाट सरस्वती पाण्डे ९भट्टराई०को उम्मेदवारी घोषणा गरिएको नयाँ शक्ति पार्टी जुम्लाका संयोजक राधाकृष्ण बुढ्थापाले जानकारी दिनुभयो । अन्य पार्टीमा उम्मेदवार चयनका लागि बहस चल्न थालेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप