शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालको यो ठाउँमा देखिइन् राम रहिमकी ‘छोरी’ हनिप्रित, नेपाल पुलिसले सुरु गर्यो ‘सर्च अपरेशन’

सोमबार, ०२ असोज २०७४, १२ : ३०
सोमबार, ०२ असोज २०७४

बलात्कार मुद्दामा २० वर्षको जेल सजायँ काटिरहेकी डेरा सच्चा सौदाका प्रमुख राम रहिमकी कथित छोरी हनिप्रित नेपालको धरानमा देखिएको भारतीय संचार माध्यमले दाबी गरेको छ । भारतीय सूत्रले उनी सुनसरी जिल्लामा लुकेर बसेको जानकारी प्राप्त भएको बताएको छ ।

नेपालमा राम रहिमका धेरै भक्तः

जब नेपालमा महाभूकम्प आएको थियो तब राम रहिमले उक्त जिल्लामा राहत अभियान चलाएका थिए । उक्त इलाकामा राम रहिममा धेरै भक्त छन्  । यस्तोमा सुनसरी जिल्लामा हनिप्रित लुकेर बसिरहेको खबर आधिकारीक हुनसक्छ । यस्तै, पुलिसले डेरा प्रमुख गुरमित राम रहिमलाई पक्राउ गरेपछि फरार रहेकी हनिप्रितका नजिकका व्यक्ति प्रदीप गोयललाई पनि पक्राउ गरिसकेको छ । पुलिसले उनलाई राजस्थानको उदयपुरबाट पक्राउ गरेको हो ।

नेपाल पुलिसले सुरु गर्यो ‘सर्च अपरेशन’

नेपाल पुलिसले पनि हनिप्रितको खोजी जारी गरेको बताइएको छ । पुलिसले काठमाडौं, पोखरा, बुटवल र विराटनगरमा हनिप्रितको खोजी गरिरहेको छ । नेपालमा भारतीय दूतावास पनि लगातार नेपाल पुलिसको सम्पर्कमा छ ।

योभन्दा अघि हनिप्रितकी साथी साध्वीले हनिप्रित राम रहिमको अपराधमा बराबरको भागिदार भएको बताएकी थिइन् । साध्वीले बाबा र हनिप्रित श्रीमान्–श्रीमतीजस्तै बस्ने गरेको बताइन् ।

डेरामा हनिप्रितकी साथी (साध्वी) ले राम रहिम र हनिप्रितबिचको गलत सम्बन्ध भएको खुलासा गरेकी छिन् । साध्वीले भनिन्, ‘डेरामा राम रहिम र हनिप्रित श्रीमान् श्रीमतीजस्तै बस्दथे । दुबै एउटै कोठामा बस्दथे । बाहिर जाँदा पनि यी दुई एउटै कोठामा बस्दथे ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप