आयल निगमका कार्यकारी निर्देशक खड्का बर्खास्त
काठमाडौं–सरकारले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई बर्खास्त गरेकाे छ ।
आज बसेको मन्त्रिपरिषद बैठकले खड्कालाई बर्खास्त गरेकाे हो । खड्का मुलुकका सातै प्रदेशमा इन्धन भण्डारणका लागि निगमले गरेको जग्गा खरिदमा भ्रष्टचारमा मुछिएका थिए ।
आजको बैठकमा आपूर्तिमन्त्री शिवकुमार मण्डलले खड्कालाई हटाउने ठाडाे प्रस्ताव क्याबिनेटमा लगेका थिए । बैठकपछि सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता मोहन बहादुर बस्नेतले काममा असहयाेग गर्ने र गुटबन्दी गरेको भनि आपूर्तिमन्त्रीले ल्याएको प्रस्तावका आधारमा उनलाई पदमुक्त गरिएको बताए ।
उनले भने, ‘आपूर्ती मन्त्रीज्यूले गुटबन्दी गर्ने र असहयोग भयो भन्ने प्रस्ताव ल्याउनु भएको छ । अनियमितता भएको बारेमा जानकार हुनुहुन्छ त्यो विषयको पनि कुरा उठान भएको छ ।’
संसद्को विभिन्न समितिले अनियमितताको आरोप लागेका खड्कालाई तत्काल जिम्मेवारीबाट हटाउन आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको थियो ।
इन्धन भण्डारणको जग्गा खरिदमा प्रत्यक्ष संलग्न खड्का पदमा बसिरहँदा अनुसन्धानमा समेत असर पुग्ने ठहर गर्दै समितिले यस्तो निर्देशन दिएको थियो।
निगमले विद्यमान ऐनकानुन मिचेर भैरहवा, चितवन, झापा र सर्लाहीमा जग्गा खरिद गर्दा करिब चार गुणा महँगो तिरेर अनियमितता गरेको ठहर संसदीय समितिको ठहर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा