शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सर्पलाई चुम्बन गर्न खोज्दा यस्तो हविगत

शुक्रबार, ०५ जेठ २०७४, १३ : ४०
शुक्रबार, ०५ जेठ २०७४

अमेरिकामा एक व्यक्तिले सर्पलाई चुम्बन गर्ने चक्करमा अस्पताल पुगेका छन् । सर्पले उनको अनुहार डसेको छ ।

फ्लोरिडाको पुटन्याम काउन्टीमा रोन रोनल्डलाई र्याटलस्नेकले टोकेको हो । र्याटलस्नेक अमेरिकामा पाइने एक विषालु सर्प हो ।

स्थानीय न्यूज च्यानलको रिपोर्टको अनुसार रोनका एक छिमेकीले उक्त सर्पसँग खेल्न सुरु गरेको थियो ।

खेलको क्रममा रोनले सर्पको खतरालाई बुझ्न सकेनन् र यस्तो गल्ती गरे ।

उनलाई एयर एम्बुलेन्समार्फत अस्पताल पुर्याइयो जहाँ उनको उपचार भइरहेको छ । खबरका अनुसार उनको स्वास्थ्यमा सुधार आइरहेको छ ।

स्थानीय चार्ल्स गोफले एक्सन न्यूज ज्याकलाई भने, ‘रोनको यो व्यवहार मूर्खताले भरिएको छ । उनले सर्पलाई चुम्बन गर्न सक्ने सोचेका थिए तर अन्त्यमा परिणाम भयानक निस्कियो ।’

अर्को न्यूज च्यानल फर्स्ट कोस्ट न्यूजका अनुसार पीडितको स्थित अब राम्रो छ तर उनलाई निकै गम्भीर अवस्थामा अस्पतालमा भर्ना गरिएके थियो ।

यद्यपी, यो घटनापश्चात् सर्प भागे भागेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप