बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘प्रेमगीत’का हिरोलाई निर्माताले दिए गाडी उपहार

सोमबार, ०२ असोज २०७४, ११ : ३८
सोमबार, ०२ असोज २०७४

काठमाडौं – चलचित्र हिट भएपछि निर्माता निर्देशकबाट महँगो ब्राण्डका गाडी उपहार पाएका बलिउड र हलिउडका हिरोको चर्चा बेलाबेलामा समाचारमा छाउने गरेका छन् । यस्तै उपहारको क्रम नेपालमा पनि सुरु भएको छ । 
पछिल्लो समय सबैभन्दा बढि चर्चामा रहेका अभिनेता प्रदीप खड्काले पनि निर्माताको हातबाट गाडी उपहार पाएका छन् । ‘प्रेम गीत’ अभिनेता प्रदीपलाई सोही चलचित्रका निर्माता सन्तोस सेनले महँगो गाडी गिफ्ट गरेका हुन् ।
निर्माता सेनले आइतबार राजधानीमा चलचित्र ‘प्रेम गीत २’ प्रर्दशनको ५१ औं दिनको अवसर पारेर एक कार्यक्रमको आयोजना गर्दै प्रदीपलाई ५२ लाखको गाडी उपहार दिएका हुन् । निर्माता सेनले रातो रंगको गाडी उपहार दिदा प्रदीपले मुस्कुराएर उपहार लिए ।
प्रदीपले निर्माता सेनाको आशुषेन फिल्मस्को ब्यानरमा रहेर चलचित्र ‘प्रेमगीत’ र ‘प्रेमगीत २’मा काम गरेका छन् । उनले, यही ब्यानरमा घोषणा भएको चलचित्र ‘दीपेन्द्र सरकार’मा पनि काम गर्नेछन् ।
पछिल्लो समय चलचित्र बजारमा प्रदीप्को चर्चा निकैछ । केही पहिले दीपेन्द्र सरकारको भूमिकामा देखिने भएपछि चर्चाको चुलिमा पुगेका प्रदीप हालै घोषणा भएको चलचित्र ‘लिलिबिली’मा चार बडिगाड सहित उपस्थित भएका कारणले चर्चामा छाएका थिए ।
२२ लाख पारिश्रमिक लिएर समेत चचाएमा रहेका प्रदीप अब केही समय उपहार पाएको गाडीको कारणले पनि चर्चामा छाउने छन् । 
कार्यक्रममा ‘प्रेमगीत २’को शिर्ष गीतको कभर भिडियो गाउँने विजेता महिला र पुरुषको नाम पनि कार्यक्रममा घोषणा गरियो । दुबै बिजेताले एक एक लाख समेत जित्न सफल भए । 
रामशरण पाठकको निर्देशन रहेको चलचित्र ‘प्रेम गीत २’मा प्रदीपको अपोजित भुमिकामा अश्लेषा ठकुरी र अन्य कलाकारमा सरोज खनाल, रुपा राना लगायत रहेका थिए ।
सक्सेस पार्टीमा चलचित्र क्षेत्रका कलाकार, निर्माता, निर्देशक तथा रंगपत्रकारको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रममा चलचित्र सफलताको लागि सहयोग पुर्याउने धेरैलाई मायाकाचे चिनो समेत बितरण गरियो ।

– कार्यक्रममा अभिनेता प्रदीपले केही पहिले घोषणा भएको चलचित्र ‘लिलिबिली’को कार्यक्रममा देखिएको बलिगाड आफुले पर्सनल राखेको नभएर निर्माण युनिटले दिएको बताए । उनले चलचित्र षेत्रमा छाएको बडिगाडको बिषयलाई सम्बोधन गर्दै आफूलाई अहिले बडिगार्ड नचाहिने समेत बताए ।
– निर्माता सेनले गुणस्तरिय चलचित्र निर्माणमा आफु लगातार लागि रहने बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप