बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

भोट हाल्न नगई काठमाडौंमै बसे महन्थ ठाकुर

सोमबार, ०२ असोज २०७४, ११ : ०३
सोमबार, ०२ असोज २०७४

काठमाडौं– राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर तेस्रो चरणको स्थानीय तह निर्वाचनमा  मत खसाल्न नगइ राजधानीमै बसेका छन् ।   प्रदेश नम्बर २ मा उत्साहपूर्वक रुपमा  रुपमा मत खसाल्ने कार्य भइरहेपनि उनी भने त्यसलाई वेवास्ता गर्दै राजधानीमै बसेका हुन् । 

सर्लाहीको मलंगवा नगरपालिका ८ का मतदाता उनले विगतमा पनि खासै भाेट नखसालेकाे र याे पटक पनि  अनिच्छा जनाउँदै राजधानीमै बसेको ठाकुरका स्वकीय सचिव सतेन्द्र मिश्रले बताए ।  

यसो त चुनावी प्रसार प्रसारमा पनि ठाकुरको सक्रिय सहभागिता रहेको थिएन । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप