शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

शान्ति र अधिकारको सन्देश सहित आयो थापाको दशैं गीत

सोमबार, ०२ असोज २०७४, १० : २५
सोमबार, ०२ असोज २०७४

काठमाडौं - गुल्मेली लोक गायक सुनील थापाले दशैंका अवसरमा नयाँ गीत सार्वजनिक गरेका छन् । देशमा शान्ति आएको सन्देश दिँदै गायक थापाले विदेश र शहरमा रहेका नेपालीलाई गाउँ फर्किन आह्वान गरेका छन ।

‘आयो शान्ति छैन केइ डर’ बोलको गीतमा सुनील थापा, रुद्र परियार र राधिका हमालको स्वर छ । 

स्थानीय चुनावपछि नागरिकले अधिकार पाएको, गाउँको विकास गर्ने मौका तल्लो तहकै नागरिकमा रहेको, महिलाले पनि विशेष स्थान पाएको सन्देश समेत थापाले गीत मार्फत प्रवाह गरेका छन ।  

गीतमा लय तथा शब्द सुनील थापाकै छ । गीतको भिडियोमा पूजा, सञ्जय, हरि, दीपक, सरस्वती लगायतका कलाकारको अभिनय छ ।

भिडियो हेर्नुहोस् :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप