शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

२२ तस्बिरमा हेर्नुहोस् २ नम्बर प्रदेशको मतदान

सोमबार, ०२ असोज २०७४, १० : २५
सोमबार, ०२ असोज २०७४


काठमाडौं–स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा आज प्रदेश नं. २ का आठ जिल्लाका १३६ वटा स्थानीय तहमा बिहान सात बजेदेखि शान्तिपूर्ण एवं उत्साहजनकरूपमा मतदान जारी रहेको निर्वाचन आयोगले जनाएको छ । 
मतदान शुरू भएका आठ जिल्लाका केही मतदान केन्द्रहरूमा राजनीतिक दलका प्रतिनिधिहरू आउन ढिला भएको र केहीमा गए राति भएको वर्षाबाट जमेको पानी हटाउँदा केही ढिलो भए पनि हाल सबै मतदान केन्द्रहरूमा शान्तिपूर्ण एवं उत्साजक रूपमा मतदान कार्य जारी रहेको आयोगको भनाई छ । 


मतदान कार्य आज अपरान्ह ५ बजेसम्म जारी रहने छ । प्रदेश नं. दुईका १ महानगरपालिका,  ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ वटा स्थानीय तहमा भएको निर्वाचनबाट नगरपालिका प्रमुख तथा उपप्रमुख, गाउ्रँपालिका अध्यक्ष तथा उपाध्यक्ष, वडा अध्यक्ष, वडा सदस्य, महिला वडा सदस्य र दलित महिला वडा सदस्य गरी ६ हजार ६२७ जना प्रतिनिधिहरू निर्वाचित हुने छन् । 

 


पर्सा र सिरहाको तस्बिर: अमित अग्रवालर रामभराेसि यादव
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप