शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आठ तस्बिरमा हेर्नुहोस् अफगानी महिलाको सुन्दरता

सोमबार, ०२ असोज २०७४, १० : २३
सोमबार, ०२ असोज २०७४

बीबीसी

अफगानिस्तान सांस्कृतिक विविधता भएको जमिन हो ।

यहाँका हरेक इलाकाको आफ्नो छुट्टै पहिचान छ  । कतै मैदानी इलाका छन् भने कतै छाती तन्काएर उभिएको पहाड ।

त्यसकारण जब यति विविधता हुन्छ भने भिन्न–भिन्न इलाकाका मानिसहरु आफ्ना केही न केही अलग पहिचान पक्कै पनि राख्ने गर्दछन् । उनीहरुका लवाई–खुवाई भिन्न हुन्छन् ।

फातिमा हुसेन इरानमा फोटोग्राफीकी छात्रा हुन् र उनी अफगान महिलामाथि अनुसन्धान गर्छिन् र

सन् २०१६–१७ को क्रममा इरान र अफगानिस्तानमा उनको तस्बिरका थुपै फोटो प्रदर्शनी आयोजना गरियो ।

उनले केही तस्बिर बीबीसीलाई प्रदान गरिन् ।

फातिमाले यी तस्बिरमार्फत विभिन्न अफगान महिलाका अनुसार र उनीहरुको रहन–सहन बुझ्ने कोसिस गरेकी छिन् ।

अफगानिस्तान विभिन्न भू–भागमा बाँडिएको एक मुलुक हो जहाँ विभिन्न प्रकारका मानिस रहन्छन् ।

तेहरानको एक स्टूडियोमा फातिमाले पख्तून, ताजिक, उज्बेक, किजिबाश समूदायका महिलाको तस्बिर क्यामरामा कैद गरेकी छिन् ।

फातिमाले पुराना मान्यताका विपरित अफगानी महिलाले सुन्दरताको एक भिन्न पहिचान दिन सकून् भन्ने उद्देश्यसहित यी महिलालाई उनका पारम्परिक पहिरनमा पेश गरे ।

फातिमा फोटोग्राफीमा ग्रेजुएशन गरिरहेकी छिन् र उनको अनुसन्धानको शीर्षक छ – अफगान महिला ।

फातिमाका अनुसार अफगानिस्तानका महिला जीवनको रंग, ताकत र कोमलताले भरिपूर्ण हुन्छन् ।

लामो समयसम्म उक्त देशमा चलेको हिंसा र दमनले यी महिलाबाट उनीहरुको विशेषता खोस्न सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप