शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

११६ वर्षका भैरवबहादुरले हाले भोट, ११० वर्षकी बिनाले पनि खसालिन् भोट

सोमबार, ०२ असोज २०७४, १० : १९
सोमबार, ०२ असोज २०७४

धनुषाको जनकपुर उपमहानगरपालिका वडा नम्बर १३ स्थित दत्ता टोलको कवर्ड हल नजिकको बिद्यालयमा ११० वर्षकी बिना देवी राउतले मतदान गरेकी छिन । 

उनका भतीजा विजय राउतले उनलाई बोकेर मतदान स्थल पुरयाएका थिए । 

त्यस्तै, सर्लाही को १११ बर्षकी रामरती देवी रायले सर्लाही जिल्लाको चन्द्रनगर गाउँपालिका वडा नम्बर २ को श्री दुर्गा खोभारी जनता उच्च मा बि मतदान केन्द्रमा मतदान गर्नुभएको छ ।
 
यसैबीच, सर्लाहीको हर्कटवा जनता आधारभूत माध्यमिक मतदान केन्द्रमा ११६ वर्षीय भैरवबहादुर दमाईले मतदान गरेको निर्वाचन आयोगले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप