शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

साढे ६ महिनापछि सुरु भयो सलमान खानको फिल्म ‘राधे’ को सुटिङ

सोमबार, १९ असोज २०७७, ०९ : ५४
सोमबार, १९ असोज २०७७

बलिउड अभिनेता सलमान खानले आइतबार सोसल मिडियामा पोस्ट गरेर आफूले ‘राधेः योर मस्ट वान्टेड भाइ’ को सुटिङ पुनः सुरु गरेको जानकारी दिएका छन् ।

५४ वर्षका सलमान खान र्माचमा लकडाउनको घोषणा अघि प्रभु देवाको निर्देशनमा बनिरहेको यो फिल्मको सुटिङ गरिरहेका थिए ।

सलमानले आइतबार आफ्नो इन्स्टाग्राम अकाउन्टमा फिल्म सेटको तस्बिर साझा गरेका छन् । तस्बिर सँगै उनले लेखे, ‘साढे ६ महिनापछि सुटिङमा फर्किएको छु ।’ यो फिल्म अर्को वर्या मे २२ तारिखमा रिलिज हुनेछ । फिल्ममा सलमान खानसँगै अभिनेत्री दिशा पाटनीको अभिनय हुनेछ । दिशाले फिल्म ‘भारत’ मा उनीसँग काम गरिसकेकी छिन् । फिल्मको दुईवटा गीतको सुटिङ र लगभग पाँच दिनको काम अझै बाँकी भएको बताइएको छ ।

बाहिरका व्यक्तिलाई भेट्न अनुमति छैनः

कोरोना संकटको समयमा सावधानी अपनाउँदै टिमले यात्राबाट बच्नका लागि स्टुडियो नजिकैको एउटा होटल बुक गरेको छ । सुरक्षाको हिसाबले टीमका कुनै पनि सदस्यलाई बाहिरी व्यक्तिसँग भेट्ने अनुमति छैन ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Back to shoot after 6 1/2 months ... feels good #Radhe

A post shared by Salman Khan (@beingsalmankhan) on

सेटमा स्वास्थ्य विशेषज्ञ पनि छन्ः

फिल्म राधेको प्रोडक्सन टिमको नजिकको स्रोतले भने, ‘पूरा टिमको कोभिड–१९ परीक्षण गरिएको छ, जसमध्ये कसैमा पनि कोरोनाको संक्रमण देखिएको छैन । अर्को परीक्षण अभिनेता र प्रमुख टीमका सदस्यसहित सेटको नजिक रहने व्यक्तिको हुनेछ । कर्मचारीाई एक विशेष भिडियोको माध्यमले नियमबारे जाकारी दिएको छ । सलमानले सेटमा पूरा सावधानी अपनाउन जोड दिएका छन् । उनको सुझावमा सेटमा एक डाक्टरबाहेक  एक विशेष टिम रहनेछ । यो विशेष टिमले सेटमा स्वच्छतालाई ध्यानमा राखिएको छ–छैन भनेर सुनिश्चित गर्नेछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप