मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

इतिहासमा आज – एप्पलका कार्यकारी प्रमुख स्टिभ जब्सको निधन

सोमबार, १९ असोज २०७७, ०७ : ४८
सोमबार, १९ असोज २०७७

आज ५ अक्टुबर । सन् २०११ मा एप्पल कम्पनीका सहसंस्थापक स्टिभ जब्सको ५६ वर्षको उमेरमा पेन्क्रियाटिक क्यान्सरबाट मृत्यु भयो । एप्पल इन्कमार्फत उत्पादित म्याकेनटस, आईपोड, आईफोन, आइप्याडलगायत उपकरणमार्फत उनले कम्प्युटर, संगीत र मोबाइल सञ्चार उद्योगमा ठूलो क्रान्ति ल्याएका थिए ।

२४ सेप्टेम्बर,१९५५ मा क्यालिफोर्नियाको सान फ्रान्सिस्कोमा स्टिभको जन्म भएको थियो । लिभिङ टुगेदरमा रहेका उनका बाबु–आमाले यतिबेलासम्म औपचारिक विवाह गरिसकेका थिएनन् । जसकारण, जब्सलाई सिलिकन भ्यालिका मेकानिस्ट पाउल जब्स र उनकी श्रीमती क्लेराले धर्मपुत्र बनाए । क्यालिफोर्नियामा सन् १९७२ मा हाईस्कुलको अध्ययन सकेपछि उनी पोर्टल्यान्डको ओरेगनस्थित रिड कलेजमा भर्ना भए । तर, पहिलो सेमेस्टर पनि पुरा गरेनन्, यसपछि उनले छोटो समय चर्चित भिडियो गेम मेकर कम्पनी अटारीका लागि काम गरे, त्यसपछि भारत घुमेर बौद्ध धर्मको अध्यनन गरे ।

सन् १९७६ मा लस एन्जलसस्थित बाबु–आमाले सञ्चालन गरे ग्यारेजमा जब्सले आफ्ना कम्प्युटर इन्जिनियर साथी स्टेफेन वज्नईकले मिलेर एप्पल कम्युटर स्थापना गरे । १९७७ मा जब्स र वज्नईकले एप्पल दोस्रो लन्च गरे, यो पहिलो चर्चित पर्सनल कम्प्युटर बन्यो । सन् १९८० मा एप्पलको ख्याति निकै चुलियो, २५ वर्षकै उमेरमा जब्स करोडपति बने ।

चार वर्षपछि एप्पल कम्पनीले म्याकिन्टस सार्वजनिक ग¥यो, यो ग्राफिक युजर इन्टरफेसहितको कम्प्युटर थियो । यस कम्प्युटरमार्फत मानिसहरुले माउस क्लिक गरेरै काम गर्नसक्थे, जसकारण कमाण्ड टाइप गर्नुपरेन ।

कम्पनीका बोर्ड निर्देशकहरुबीच विवाद देखिएपछि सन् १९८५ मा जब्सले कम्पनी छाडे । त्यही वर्ष उनले उच्च गुणस्तरका कम्प्युटर विकास गर्ने कम्पनी नेक्स्ट स्थापना गरे । यस कम्पनीले सुरुवातमा ठूलै संघर्ष गर्नुप¥यो, यद्यपी ब्रिटिस कम्प्युटर वैज्ञानिक टिम बनर्स लिले नेक्स्डकै कार्यालयमा विश्वव्यापी वेव विकास गरे ।

सन् १९८६ मा जब्सले फिल्ममेकर जर्ज लुकासले स्थापना गरेर कम्प्युटर ग्राफिक्स स्टुडियोलाई लिएर, अनि यसलाई पिक्सर एनिमेसन स्टुडियोज नाम दिए । सन् १९९५ मा पिक्सरले आफ्नो पहिलो फिल्म ‘टोय स्टोरी’ निर्माण ग¥यो, यो पहिलो कम्प्युटर एनिमेटेड पहिलो फिचर लेन्थ फिल्म थियो । बक्स अफिसमा यसले ठूलो तहल्का पिट्यो, यसपछि पिक्सरले ‘फाइन्डिङ नेमो’ (२००३) र ‘द इन्क्रेडिबल्स’ (२००४) निर्माण ग¥यो, जसले थुप्रै अवार्डहरु जिते । त्यसयता, वाल्ट डिज्ने कम्पनीले ७ अर्ब डलर तिरेर पिक्सर खरिद ग¥यो, जब्स डिज्नेको सबैभन्दा ठूलो शेयरहोल्डर बने ।

जब्स नहुँदा सन् १९९६ ताका एप्पल अप्ठ्यारो अवस्थामा थियो । त्यसैले उसले नेक्स्ड कम्पनी किन्ने र जब्सलाई सल्लाहकारका रुपमा भित्र्याउने घोषणा ग¥यो । सन् १९९७ मा जब्स यस कम्पनीका अन्तरिम सिईओ र २००० सम्म आइपुग्दा सिईओ बनिसकेका थिए । टाँट पल्टिएको एप्पल उनकै नेतृत्वमा विश्वकै सर्वाधिक महत्त्वपूर्ण कम्पनीमध्ये एक बन्यो ।

एप्प्लले २००१ मा आईपोड पोर्टेबल म्युजिक प्लेयर, २००७ मा आईफोन र २०१० मा आइप्याड ट्याब्लेट ल्यायो । यस अवधिमा उनको स्वास्थमा धेरै खराबी देखियो, उनले २००४ मा शल्यक्रियामार्फत पेन्क्रियटिक ट्युमर हटाए र २००९ मा लिभर ट्रान्सप्लान्ट गरे यसका बाबजुद जब्सले एप्पल कम्पनीलाई २४ अगस्ट २०११ सम्म नेतृत्व गरिरहेका छन् । कम्पनीको प्रमुख कार्यकारीको पदबाट राजिनामा गरेको ६ हप्तापछि क्यालिफोर्नियास्थित घरमा उनको निधन भयो । चार छोराछोरीका बाबु जब्सको निधन हुँदासम्म उनको कुल सम्पत्ति ७ अर्ब डलरभन्दा धेरै थियो ।

बायोग्राफर वाल्टर इसाक्सन भन्छन्,‘जब्स हाम्रो युगका सर्वाधिक महान् व्यावसायिक कार्यकारी थिए । इतिहासमा थोमस इडिसन र हेनरी फोर्डजस्ता प्रख्यात व्यक्तिहरुसँगै उनको नाम आउँछ ।’

अन्य घटनाक्रम

सन् १८६४– भारतको कलकत्तामा चक्रवातका कारण झन्डै ५० हजार मानिसको मृत्यु ।

सन् १८८०– म्याकडोनाल्डस्लाई संसारकै ख्यातिप्राप्त खाद्य ब्रान्डमा परिणत गर्ने रे क्राकको जन्म ।

सन् १९१०– पोर्चुगलमा राजतन्त्र समाप्त भएर गणतन्त्र स्थापना

सन् १९१५– प्रथम विश्वयुद्धमा बुल्गेरिया सहभागी ।

सन् १९४८– तुर्केमिनिस्तानको राजधानी अस्काबापतमा भूकम्पबाट १ लाख १० हजारको मृत्यु ।

सन् १९८८– ब्राजिलको संविधानसभाबाट संविधान पारित ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप