बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

सिरहामा यसरी हुँदैछ निर्वाचन

सोमबार, ०२ असोज २०७४, १० : ०१
सोमबार, ०२ असोज २०७४

सिरहा - तेस्रो चरण अन्तर्गत २ नम्वर प्रदेशमा जारी स्थानीय तहको निर्वाचन सिरहामा बिहान सात बजेबाट सुरु भएको छ ।

गएराती परेको पानी र केही बुथहरुमा दलिय प्रतिनिधी समयमा नपुग्दा केही मतदान केन्द्रमा  निर्वाचन केही ढिलो गरी सुरु भएको थियो ।

प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण  श्रेष्ठका अनुसार,

-जिल्लाका दुई सय २१ मतदानस्थलको चार सय ३१ मतदानकेन्द्रमा मतदान प्रकृया जारी छ ।

-लहानको १३ नम्वर वडामा दलित प्रतिनिधि समयमा नपुग्दा ८ बजेबाट सुरुभयो ।

 

-अधिकांश मतदानस्थलमा सात बजे नै मतदान पक्रिया सुरु भयो । 

-जिल्लाका सवै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । 

सिरहाको १७ स्थानीय निकायका एक सय ६४ वडाका लागि चार हजार ६ सय ५५ उम्मेदवार चुनावी प्रतिस्पर्धामा भिड्दैछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप