बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

डेढ घण्टामा खस्यो १५ प्रतिशत भोट

सोमबार, ०२ असोज २०७४, ०९ : ४३
सोमबार, ०२ असोज २०७४

प्रदेश नम्बर २ मा जारी स्थानीय तहको निर्वाचन आन्तर्गत बिहान ७ बजेदेखि सुरु भएको मतदानमा  डेढ घण्टामा १५ प्रतिशत मत खसेको छ ।
बिहान ८ः३० बजेसम्ममा करिव १५ प्रतिशत मतदान भइसकेको निर्वाचन आयोगद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मतदान शुरू भएका आठ जिल्लाका केही मतदान केन्द्रहरूमा राजनीतिक दलका प्रतिनिधि आउन ढिला भएको र केही स्थानमा गए राति भएको वर्षाबाट जमेको पानी हटाउँदा केही ढिलो भएको आयोगले जनाएको छ ।

अहिले सबै मतदान केन्द्रहरूमा शान्तिपूर्ण एवं उत्साजक रूपमा मतदान कार्य जारी रहेको आयोगका प्रवक्ता नवराज ढकालले बताए । 

मतदान कार्य आज अपरान्ह ५ बजेसम्म जारी रहने छ । प्रदेश नं. दुईका १ महानगरपालिका,  ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ वटा स्थानीय तहमा आज भएको यस निर्वाचनबाट नगरपालिका प्रमुख तथा उपप्रमुख, गाउ्रँपालिका अध्यक्ष तथा उपाध्यक्ष, वडा अध्यक्ष, वडा सदस्य, महिला वडा सदस्य र दलित महिला वडा सदस्य गरी ६ हजार ६२७ जना प्रतिनिधि निर्वाचित हुने छन् । 

यसैबीच, सर्लाही जिल्लाको हर्कटवा जनता आधारभूत माध्यमिक मतदान केन्द्रमा ११६ वर्षीय भैरवबहादुर दमाईले मतदान गरेको सूचना प्राप्त भएको छ । 

२० तस्बिरमा हेर्नुहोस् २ नम्बर प्रदेशको मतदान

११६ वर्षका भैरवबहादुरले हाले भोट, ११० वर्षकी बिनाले पनि खसालिन् भोट

१० तस्बिरमा हेर्नुहोस् २ नम्बर प्रदेशको मतदान

दुई मन्त्रीद्वारा मतदान , एक स्थानमा तनाव

मन्त्री मन्सुरले गरे मतदान

सिरहामा यसरी हुँदैछ निर्वाचन

प्रदेश नम्बर २ मा मतदान सुरु : मतदाता बिहानैदेखि लाइनमा

राजविराज १५ नम्बर वडामा ५ गते निर्वाचन हुने

प्रदेश नं २ मा मतदान शुरु, मतदाताको उत्साहपूर्ण उपस्थिति

पर्सामा मतदान शान्तिपूर्ण

धनुषामा कांग्रेस नेता निधिले गरे मतदान

मधेसको आकाशमा सेनाको हेलिकप्टर : कडा सुरक्षाबीच निर्वाचन

मतदानपछि प्रमुख निर्वाचन आयुक्तको यस्तो आयो प्रतिक्रिया

राजेन्द्र महतोले गरे मतदान

सर्लाहीमा अमरेशको पीएसओले गोली चलाए

मधेशवादी दलले संविधानलाई स्वीकार गरे कि उपयोग मात्र ?

चुनावमा बालबालिका प्रयोगको होडवाजी : एक नम्बरमा कांग्रेस, पछ्याउदै माओवादी

ओलीको दादागिरी : निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै बेलगाम अभिव्यक्ति

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप