शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

राजविराज १५ मा ५ गते निर्वाचन हुने

सोमबार, ०२ असोज २०७४, ०९ : ४०
सोमबार, ०२ असोज २०७४

सप्तरी - सप्तरीको राजविराज नगरपालिका वडा नम्बर १५ मा असोज ५ गते निर्वाचन हुने भएको छ ।

१५ नम्बरका वडाध्यक्ष उम्मेदवार राजपा नेपालका महन्थी यादवको मृत्यु भएपछि आज हुने वडाको मतदान कार्य स्थगित गरिएको थियो ।

निर्वाचन आयोगका अनुसार उक्त वडामा यही असोज ५ गते निर्वाचन हुनेछ ।

राजविराज –१५ बस्ने वडाध्यक्षका उम्मेदवार ६५ वर्षीय यादव क्यान्सर रोगबाट पीडित थिए । 

उनको गत शनिबार साँझ निवासमै निधन भएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप