शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जब भारतको राजधानी दिल्ली बन्यो ‘भुताहा शहर’

आइतबार, १८ असोज २०७७, १३ : ०९
आइतबार, १८ असोज २०७७

यसै वर्ष मार्चको महिनामा कोरोनाभाइरसको प्रकोपबाट बच्नका लागि भारतमा लकडाउनको घोषणा गरिएको थियो । कार्यालय बन्द गरिएका थिए । सार्वजनिक सेवा बन्द गरिएको थियो र मानिसहरु आफ्नो घरमा कैद भएका थिए । तर फोटोग्राफर पारुल शर्मा त्यतिबेला दिल्लीको विरानो सडकलाई आफ्नो क्यामरामा कैद गरिरहेका थिए ।

एक फोन अन्तरवार्ताका क्रममा पारुलले बीबीसीसँग भने, ‘मजस्ता बेचैन मानिसहरुका लागि लकडाउनको घोषणा एउटा ठूलो कुरा थियो । म घरमा बस्नै सक्दिनँ । त्यसैले मैले बाहिर निस्कने निर्णय गरेँ ।’

यसका लागि उनले आफ्नो परिवारलाई मनाउनु पर्यो, तर उनीहरु माने । त्यसपछि पारुलले घरबाट बाहिर निस्कनका लागि आवश्यक पासको प्रबन्ध गरिन् जुन पत्रकार र अन्य अधिकारीका लागि दिइएको थियो ।

तीन अप्रिलमा उनी लकडाउनमा पहिलो पटक दिल्लीको सडकमा निस्किइन् । त्यसपछिका केही महिनामा उनी लगातार आफ्नो कारमा शहरको चक्कर लगाइरहिन् र क्यामरामा तस्बिर कैद गरिन् ।

उनी भन्छिन्, ‘चरा र बादल मात्रै देखिन्थे । मान्छे कतै पनि देखिँदैनथे । त्यो भिन्न किसिमको भावना थियो । स्थिर र गतिहीन तर निकै सुन्दर ।’

तर पारुलको यो मिहिनेतको यो नतिजा भयो कि उनी यस्तो कठिन स्थितीमा दिल्ली शहरका यस्ता १० हजार तस्बिर लिन सकिन् जुन अब यो शहरको इतिहासमा समावेश छन् र उनको यो विशेष तस्बिरको संकलनलाई दिल्लीको एक प्रकाशनले किताबको रुपमा निकाल्ने निर्णय गरे । यो किताबको नाम हो – डायलेक्ट्स अफ सायलेन्स ।

पारुल भन्छिन्, ‘लकडाउनका बेला म ऐतिहासिक स्थलमा गइनँ, मैले त्यस्तो स्थान छानेँ जसले मलाई दिल्लीमा मेरो वाल्यकालको याद दिलाउँथ्यो ।’

जर्जियन स्टाइलको व्यापारिक केन्द्र जसलाई कनट प्यालेस वा राजीव चोकको नामले चिनिन्छ, पारुलको सूचीमा थियो । साथै, विभाजनको समयमा विकसित भएको व्यापारिक केन्द्र खान मार्केट पनि उनले कभर गरिन् ।

पारुल भन्छिन्, ‘यी स्थानसँग जोडिएका लाखौं कहानी छन् । यी स्थानका भीड र यहाँ बिताइएको फुर्सदको पल लाऔं जीवनमा समावेश छन् । तर एक समय यस्तो आएको थियो जब यी स्थान विरानो भएका थिए ।’

यसबाहेक पारुलले केही सरकारी सेवा, लकडाउनको क्रममा गरिबले पाएका सुविधा र केही व्यावसायिक मानिसहरुको तस्बिर आफ्नो क्यामरामा कैद गरिन् ।

पारुल भन्छिन्, ‘छालाको हरेक एक सेन्टिमिटर ढाकियो ता कि भाइरस शरीरसम्म पुग्न नसकोस् ।’

एक कोभिड अस्पतालमा कोरोनाद्वारा संक्रमित बालक

घरबार बिहिनलाई खुल्ला मैदानमा खान दिइयो ।

शवपेटी तयार गर्दै एक व्यक्ति

कोभिडले ज्यान गुमाएकाहरुको चिहान

राष्ट्रपति भवनको साउथ ब्लक

र जब लकडाउन खुकुलो हुन थाल्यो तब दिल्लीका केही महँगा फार्महाउसमा फिल्मको सुटिङ भए ।

जून महिना आउँदासम्म लकडाउन खुकुलो पार्न थालियो र न्यू नर्मल बताएर एक नयाँ परिस्थिती स्विकार गरियो ।

आफ्नो किताबबारे उनी भन्छिन्, ‘यो कुनै दस्तावेजभन्दा कम छैन जसमा यो शहरमा के कति भए, त्यो वास्तविकता देख्न सकिन्छ ।’

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप