शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश नम्बर २ मा मतदान सुरु : मतदाता बिहानैदेखि लाइनमा

सोमबार, ०२ असोज २०७४, ०७ : २१
सोमबार, ०२ असोज २०७४

दुइ नम्बर प्रदेश अन्तर्गत मधेसका आठ जिल्लामा निर्वाचन सुरु भएको छ । 

बिहान ७ बजेदेखि तोकिएका मतदानकेन्द्रमा मतदाताले भोट हाल्ने क्रम सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।

२० बर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा भोट हाल्नका लागि मतदाताहरु  बिहानैदेखि लाइनमा बसेका थिए । मधेसमा दिउँसो अत्याधिक गर्मी (घाम चर्को) हुने हुँदा मतदाताहरु बिहानै भोट हाल्न लामबद्ध भएका छन् ।

निर्वाचनमा सहभागी हुन पाउँदा मतदाताहरु निकै खुशी देखिएका छन् ।

निर्वाचन आयोगका अनुसार बेलुका ५ बजेसम्म मतदान केन्द्रमा प्रवेश गरेका मतदाताले भोट हाल्न सक्नेछन् ।

सरकार र राजनीतिक दलहरुको लामो प्रयासपछि प्रदेश नम्बर २ मा स्थानीय तहको निर्वाचन   आज हुन लागेको हो ।

यसअघि  वैशाख ३१ र असार १४ गते दुई चरणमा प्रदेश नं १, ३, ४, ५ तथा ६ का स्थानीय तहमा निर्वाचन सम्पन्न भई जनप्रतिनिधिले काम गर्नसमेत थालिसकेका छन् ।

स्थानीय निर्वाचनको तेस्रो चरणअन्तर्गत प्रदेश नम्बर २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साको एक सय ३६ स्थानीय तहमा निर्वाचन हुन लागेको हो ।

२ नम्बर प्रदेशमा एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका छन् ।

प्रदेश नम्बर २:
निर्वाचित हुने प्रतिनिधि संख्या  : ६ हजार ६ सय २७ 
उम्मेदवारको संख्या : ३७ हजार २ सय ३६ 
जम्मा मतदाता : २६ लाख ६४ हजार ९ सय ५०
मतदानस्थल : २ हजार १ सय ६६ 
मतदानकेन्द्र : ३ हजार ५ सय ७८ 
सुरक्षाकर्मीको संख्या : ६० हजारभन्दा बढी 

राजविराज १५ नम्बर वडामा ५ गते निर्वाचन हुने

प्रदेश नं २ मा मतदान शुरु, मतदाताको उत्साहपूर्ण उपस्थिति

पर्सामा मतदान शान्तिपूर्ण

धनुषामा कांग्रेस नेता निधिले गरे मतदान

मधेसको आकाशमा सेनाको हेलिकप्टर : कडा सुरक्षाबीच निर्वाचन

मतदानपछि प्रमुख निर्वाचन आयुक्तको यस्तो आयो प्रतिक्रिया

राजेन्द्र महतोले गरे मतदान

सर्लाहीमा अमरेशको पीएसओले गोली चलाए

मधेशवादी दलले संविधानलाई स्वीकार गरे कि उपयोग मात्र ?

चुनावमा बालबालिका प्रयोगको होडवाजी : एक नम्बरमा कांग्रेस, पछ्याउदै माओवादी

ओलीको दादागिरी : निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै बेलगाम अभिव्यक्ति

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप