शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

उम्मेदवारको मृत्युले राजविराज वडा नं १५ को निर्वाचन सर्यो

आइतबार, ०१ असोज २०७४, २१ : ४३
आइतबार, ०१ असोज २०७४

राजविराज – राष्ट्रिय जनता पार्टी नेपालका राजविराज नगरपालिका–१५ का वडाध्यक्ष उम्मेदवार महन्थी यादवको मृत्यु भएपछि भोलि हुने सो वडाको मतदानको कार्यलाई स्थगित गरी यही असोज ५ गते गर्ने निर्णय भएको छ । 

साबिकको देउरी भरुवा गाविस हाल राजविराज नगरपालिका–१५ बस्ने राजपाका वडाध्यक्ष पदका उम्मेदवार ६५ वर्षीय यादव केही दिनयता रक्त क्यान्सरबाट पीडित हुनुहुन्थ्यो र शनिबार साँझ घरमै उनको निधन भएको थियो । 

यादवको निधनका कारण राजविराज नगरपालिका वडा नं १५ को निर्वाचन सारेर यही असोज ५ गते मतदान हुने सप्तरीका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले राससलाई बताए । 

यही असोज २ गते सोमबार प्रदेश नं २ अन्तर्गत सप्तरी जिल्लामा हुने स्थानीय तह निर्वाचनका लागि उनले राजविराज नगरपालिका वडा नं १५ बाट राजपा नेपालका तर्फबाट वडाध्यक्ष पदमा उम्मेदवारी दिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप