शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सर्लाहीमा अमरेशको पीएसओले गोली चलाए

आइतबार, ०१ असोज २०७४, २१ : ३०
आइतबार, ०१ असोज २०७४

सर्लाही– नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहको पीएसओले सर्लाहीको बलरा नगरपालिका ३ मा आइतबार बेलुका गोली चलाएका छन् । 

सोमवार हुन लागेको २ नम्बर प्रदेशको स्थानीय तह निर्वाचनको मौन अवधिमा कांग्रेस नेता सिंहले चुनाव प्रचार गर्दै हिडेको भन्दै राजपा कार्यकर्ताले उनको गाडी घेरेपछि पीएसओले गोली चलाएका हुन् ।

मौन अवधिमा मतदाता भेट्दै हिडेको भन्दै आक्रोशित बनेका राजपा कार्यकर्ताले अमरेशको गाडीमा तोडफोड गर्ने प्रयास गरेपछि पीएसओले गोली चलाएको प्रहरी स्रोतले बताएको छ । पीएसओले गाडीभित्रैबाट भीडमा ताकेर गोली हानेपनि संयोगले गोली कसैलाई नलागेको स्थानीयले बताए । 

बलरा नगरपालिका ४ घर भएका अमरेश निजी सुरक्षागार्ड (पीएसओ)सहित आफ्नो गाडी लिएर आइतबार बेलुका ३ नम्बर वडा पुगेका थिए । राजपा कार्यकर्ताले अमरेश सवार गाडी घेराउ गर्दा राजपाका ३ नम्बर वडाका वडाध्यक्षका उम्मेदवार सुशील मिश्र नभएपछि घटनापछि त्याहाँ पुगेको एक प्रत्यक्षदर्शीले बताए ।

घटनापछि स्थिति बिग्रन नदिन प्रहरी नायव उपरीक्षक नेतृत्वको टोली घटनास्थलतर्फ गएको छ ।  घटनापछि प्रहरीले कांग्रेस नेता सिंहलाई सुरक्षित स्थान तर्फ लगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप