मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

दुई दिनको मौनता तोड्दै ओली–प्रचण्ड पुनः संवादमा

शुक्रबार, १६ असोज २०७७, १० : ०२
शुक्रबार, १६ असोज २०७७

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच मन्त्रिपरिषद् पुनर्गठन र राजदूत नियुक्तिबारे छलफल गर्न भेटवार्ता भएको छ । दुई दिनको मौनता तोड्दै शुक्रबार दुई नेताले भेटवार्तालाई पुनः निरन्तरता दिएका हुन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता जारी रहेको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ ले रातोपाटीलाई जानकारी दिए । मन्त्रिपरिषद पुनर्गठनबारे कुरा नमिल्दा उनीहरुबीच मंगलबारपछि भेटवार्ता हुन सकेको थिएन ।

मन्त्रिपरिषद पुनर्गठनका विषयमा सहमति जुटाउन अध्यक्षद्वयबीच गत विहीबारयता निरन्तर दैनिकजसो भेटवार्ता हुदै आएपनि मङ्गलबारपछि त्यो क्रममा ब्रेक लागेको थियो ।

मन्त्रिपरिषद पुनर्गठनमा कुरा मिल्न नसकिरहेका बेला बिहीबार सरकारले पार्टीसँग छलफल र परामर्श नै नगरी तीन देशका राजदुत नियुक्तिका लागि सिफरिस र मुख्यसचिव नियुक्त गरेपछि नेताहरुमा फेरि खटपट सुरु भएको छ ।

प्रधानमन्त्री समेत रहेका केपी ओली अहिलेको मन्त्रिमण्डलमा रहेका धेरैजसो मन्त्रिहरुलाई निरन्तरता दिनुपर्ने पक्षमा छन् भने अर्का अध्यक्ष प्रचण्ड अपवादबाहेक सबै मन्त्रीलाई हटाउने र दोहोर्याउन परे हटाएर मात्र पुनः नियुक्ति दिनुपर्ने पक्षमा छन् । गत भदौ २६ गते सम्पन्न स्थायी समिति बैठक र असोज ४ गते सम्पन्न सचिवालय बैठकले मन्त्रिपरिषद पुनर्गठन गर्ने निर्णय गरेको थियो ।

ति दुवै बैठकले अध्यक्षद्वयको सहमतिका आधारमा मापदण्ड तय गर्ने र सोही आधारमा नयाँ मन्त्री छनोट गर्ने टुुंगो लगाएको थियो । त्यसपछि मापदण्डबारे छलफल गर्न जुटेका ओली र प्रचण्डले अडान नछोड्दा पुनर्गठनमा ढिलाई हुदै आएको छ । शुक्रबारको भेटमा अध्यक्ष प्रचण्डले पार्टीसँग छलफल नै नगरी राजदूत नियुक्तिको सिफारिस गरेकोबारे ओलीसँग प्रश्न गर्ने एक सचिवालय सदस्यले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप